२०८३ साउन २१ गते बिहीबार

नेपाल लिटरेचर फेस्टिभल भोलिदेखि

नेपाल लिटरेचर फेस्टिभल भोलिदेखि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन १४ गते बुधबार ०५:४३

पोखरा एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’ को बाह्रौं संस्करण यस वर्ष फागुन १५ अर्थात् भोलिदेखि सुरु हुँदै छ । फागुन १८ सम्म पोखरामा आयोजना हुने फेस्टिभलको यस संस्करणको तयारी पूर्ण रुपमा सकिएको छ । फेस्टिभललाई हामी आयोजक...

पोखरा
एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’ को बाह्रौं संस्करण यस वर्ष फागुन १५ अर्थात् भोलिदेखि सुरु हुँदै छ । फागुन १८ सम्म पोखरामा आयोजना हुने फेस्टिभलको यस संस्करणको तयारी पूर्ण रुपमा सकिएको छ । फेस्टिभललाई हामी आयोजक बुकवर्म फाउन्डेसन थप विशेष र उत्साहजनक बनाउने लक्ष्यसहित खटिइरहेका छौं । साहित्यको यस ‘कुम्भमेला’ मा यहाँहरूको सहयोग यसअघिका संस्करणहरूमा जस्तै रहने अपेक्षा लिएका छौं ।

अघिल्ला संस्करणहरूमा जस्तै यसपटक पनि फेस्टिभल बाराहीघाट, लेकसाइडमा हुनेछ, जहाँ देश–विदेशका साहित्यानुरागीको जमघट हुनेछ । सूचना सञ्चार तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले फेस्टिभलको उद्घाटन गर्नेछन् ।

फेस्टिभलको पहिलो दिन प्राध्यापक तथा अर्थशास्त्री महेन्द्र पी लामाको विद्वत्प्रवचन रहनेछ । उनी इन्दिरा गान्धी ओपेन यूनिभर्सिटी ९आईजीएाओयू० को प्रो–उपकुलपति र भारतको सिक्किम विश्वविद्यालयका संस्थापक उपकुलपति समेत हुन् । उनी भारतको राष्ट्रिय केन्द्रीय विश्वविद्यालयको सबैभन्दा कान्छा उपकुलपति समेत बनेका थिए ।

विद्वत् प्रवचनलगत्तै अध्यात्म र सङ्घर्षमाथि अभिनेत्री मनीषा कोइराला र लेखक एवम् पत्रकार विजय कुमारको विशेष संवाद हुनेछ । साथै अनिल शाही र समूहको विशेष साङ्गीतिक प्रस्तुति पनि फेस्टिलभको पहिलो दिन हुनेछ । सँगसँगै कलाकार लोक चित्रकारको पौभा चित्रकला प्रदर्शनी पनि रहनेछ ।

एनसेल फाउन्डेसन प्रमुख प्रस्तुतकर्ता रहेको फेस्टिभललाई बुध्द एयरले संवद्र्धन गरेको छ । पोखरा महानगरपालिका प्रवद्र्धक रहेको फेस्टिभलमा गण्डकी प्रदेश सरकार सहप्रवद्र्धक छ । त्यस्तै उप–प्रवद्र्धकका रूपमा नेपाल पर्यटन बोर्ड, कृषि विकास बैङ्क, ग्लोबल आइएमई बैङ्क र प्रभु बैङ्कले आयोजकलाई साथ दिनेछन् ।

यस पटक फेस्टिभलमा देश–विदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, पत्रकार, सम्पादक एवम् विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहनेछ । त्यस्तै ५० भन्दा बढी छलफल सत्र, अन्तक्र्रियात्मक कार्यक्रम, साङ्गीतिक प्रस्तुति र अन्य रचनात्मक कार्यक्रम पनि समावेश छन् ।

फेस्टिभलमा साहित्यसँग जोडिएका सामाजिक, राजनीति, आर्थिक, नवीन प्रविधि, सिनेमालगायत विविध क्षेत्रका विषयमाथि गम्भीर मन्थन हुनेछ, जहाँ दैनिक हजारौँ साहित्यानुरागीको सहभागिता रहने हामीले अपेक्षा गरेका छौँ ।
सिर्जनाको अर्को विधा चित्रकला सधैं फेस्टिभलको आकर्षण बन्दै आएको छ । यस संस्करणमा परम्परागत पौभा चित्रका विश्व प्रसिद्ध कलाकार लोक चित्रकारका चित्र प्रदर्शनीमा राखिनेछन् । उनका चित्रले फेस्टिभलमा विशेष रङ थप्ने हाम्रो विश्वास छ ।

सधैं जस्तै यसपटक पनि हामी शब्दसँगै सङ्गीतको तालमा झुम्नेछौं । परम्परागत धुनदेखि पपसम्म वा यी दुवै विधाका सङ्गीतको मिश्रणले फेस्टिभलका साँझहरूलाई सङ्गीतमय बनाउनेछ । साङ्गीतिक कार्यक्रमहरूमा प्रोजेक्ट सारङ्गीअन्तर्गत किरण नेपालीको नेतृत्वमा सामूहिक प्रस्तुति हुनेछ । त्यस्तै नेपाली सङ्गीत जगत्का पप–सम्राट्का रूपमा परिचित ओमविक्रम विष्टले पनि फेस्टिभललाई गुञ्जायमान बनाउनेछन् ।

परम्परागत धुन र लयहरूलाई समकालीन परिवेश सुहाउँदो स्वरूप दिने साङ्गीतिक समूह ‘सोनागी ब्लुज’ले पनि फेस्टिभलमा प्रस्तुति दिनेछ । काठमाडौँ विश्वविद्यालयको सङ्गीत विभागका विद्यार्थीहरूको सामूहिक परियोजनाका रूपमा सुरु भएको यस ब्यान्डको सङ्गीतमा नेपाली लोक, रक र भारतीय शास्त्रीय सङ्गीतको समिश्रण सुन्न सकिन्छ ।

साहित्य, शिक्षा अनि पठन संस्कृतिका लागि उमेरहद हुँदैन । त्यसैले त नेपाल लिटरेचर फेस्टिभल बालबालिका तथा किशोर–किशोरीका विचार, रचना, कला र भावना अभिव्यक्तिको सशक्त माध्यम बन्दै आएको छ । यस संस्करणमा उमेरले भरखरै ६ वर्ष पुगेकी लेखक भूमिलक्ष्मी पराजुलीको पुस्तक ‘मरमेड, ह्वेल एन्ड प्रिन्सेस’ नामक चित्रकथा पुस्तक सार्वजनिक गर्न पाउँदा हामी गौरवान्वित छौं । यही नै त हो, हामीले हरेक वर्ष साना नानीबाबुहरूलाई केन्द्रमा राखेर सञ्चालन गर्दै आएका सत्रहरूको ध्येय ।

यस पटक पनि हामीले फेस्टिभलमा विद्यार्थीहरूसँग पुस्तक, कथा, कविता अनि समग्रमा पठन संस्कृतिका कुरा गर्नेछौं । उनीहरूका शिक्षक अनि अभिभावकसँग विद्यालय अनि घरमा शैक्षिक वातावरणबारे विमर्श गर्नेछौं । फेस्टिभलले उपलब्ध गराएको यस मञ्च नयाँ पुस्ताका लेखक तथा विचारकहरू तयार पार्ने माध्यम बन्ने बुकवर्मको अपेक्षा छ ।

प्रकाशित मिति २०८१ फागुन १४ गते बुधबार ०५:४३
हजुरको प्रतिक्रिया