२०८३ साउन २१ गते बिहीबार

नेपालका माओवादीहरुले जनयुद्ध बेचेर खाइसकेः सञ्चारमन्त्री गुरुङ

नेपालका माओवादीहरुले जनयुद्ध बेचेर खाइसकेः सञ्चारमन्त्री गुरुङ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन २१ गते बुधबार ११:३४

क्रान्तिको नाममा माओवादीले गरेको हत्या, हिंसा, बर्बरता, क्रुरता आतंकवाद भएको उनले उल्लेख गरे । मन्त्री गुरुङले माओवादीको औचित्य अहिलेको विश्वमा समाप्त भएको बताए ।

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालका माओवादीहरुले जनयुद्ध बेचेर खाइसकेको टिप्पणी गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले माओवादीले रुकुम, रोल्पाबाट हुँकार गरेर, सिंहदरबार कब्जा गरेर, नारायणहिटी कब्जा गरेर, नेपाली सेनालाई पराजित गरेर नआएको बताए ।

मुलुकमा जनताको बहुदलीय जनवादकै बाटोबाट क्रान्ति सम्पन्न भएको उनले बताए । उनले साल जेठ १५ गते ६०१ जना सांसदमध्ये ५९६ जना प्रतिनिधिले भोट गरेर राजतन्त्र फालिएको उल्लेख गरे ।

शान्तिपूर्ण ढंगले मुलुकमा क्रान्ति सम्पन्न भएको कुराले माओवादीको जनयुद्ध गलत थियो भन्नेकुराको पुष्टि भएको जिकिर उनले गरे ।

उनले माओवादी हिंसा भन्ने शब्दबाट डराएर किन भागिरहेको छ ? भन्दै प्रश्नसमेत गरे । जुन कम्युनिष्ट पार्टीको हातमा हतियार हुँदैन त्यो कम्युनिष्ट पार्टी हुँदैन भन्ने माओवादी अहिले कम्युनिष्ट पार्टी हो की होइन ? भन्दै उनले प्रश्न गरे ।

माओवादी केन्द्र नाम राखेको भएपनि माओवाद सही हो भनेर भन्न नसकेको उनले बताए । नेपालमा माओवादीका नेताहरु उपराष्ट्रपति, सभामुख, प्रधानमन्त्री बनेपनि संसारका माओवादीहरु अहिले पनि मरिरहेको उनको भनाइ छ ।

क्रान्तिको नाममा माओवादीले गरेको हत्या, हिंसा, बर्बरता, क्रुरता आतंकवाद भएको उनले उल्लेख गरे । मन्त्री गुरुङले माओवादीको औचित्य अहिलेको विश्वमा समाप्त भएको बताए ।

माओवादीले जनयुद्धका नाममा गरेको हत्या, हिंसा राजनीतिक मुद्दा नभएको जिकिर उनले गरे ।

माओवाद मानिरहने शक्तिले संसदीय प्रणालीमा भाग लिनेकुरा नैतिक सिद्धान्तअनुसार नहुने उनको भनाइ थियो । माओवादीको जनयुद्धको पाप धुरीबाट कराइरहेको मन्त्री गुरुङको टिप्पणी छ ।

 

प्रकाशित मिति २०८१ फागुन २१ गते बुधबार ११:३४
हजुरको प्रतिक्रिया