प्रतियोगिता विजेताले १ लाख १ हजार ४१४, उपविजेताले ५५ हजार १४ पाउने
२२ फागुन, पोखरा ।
पोखरा महानगरपालिका वडानम्बर १४ को आयोजनामा वडाअध्यक्ष कप अन्तर वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।
पोखरा १४ को मनकामना टोलमा रहेको मनोहर युवा क्लवको खेलमैदानमा प्रतियोगिता सुरु भएको हो । पहिलो दिन सम्पन्न ४ खेलबाट वडानम्बर १५ (रातो), वडानम्बर १३, वडानम्बर २३ र वडानम्बर १६ ले विजयी सुरुवात गरेका छन् ।
प्रतियोगिताको उद्याटन खेलमा वडानम्बर १३ ले विजयी सुरुवात गरेको छ । १३ ले वडानम्बर १५ (निलो)लाई ३–२ को सेटमा पराजीत गर्यो ।
यस्तै अर्को खेलमा वडानम्बर १५ (रातो) ले आयोजक वडानम्बर १४ (निलो)लाई पराजीत गरेको छ । १५ ले वडानम्बर १४ लाई ३–० को सोझो सेटमा पराजीत गरेको हो ।
वडानम्बर २३ र आयोजक वडानम्बर १४ (रातो)बिचको खेल वडनम्बर २३ ले ३–१ को अन्तरले जित निकालेको छ । भने वडानम्बर ३३ ले वाकओभर दिए पछि वडानम्बर १६ स्वतः दोस्रो चरणमा प्रवेश गेको छ ।
प्रतियोगितामा पोखरा महानगरपालिका अन्तरगतका १३ टिमको सहभागिता रहेको छ । प्रतियोगिता विजेताले १ लाख १ हजार ४१४, उपविजेताले ५५ हजार १४, तेस्रो हुनेले २५ हजार १४ र सान्त्वना हुने वडाले १५ हजार १४ रुपैया पुरस्कार पाउने छन् ।
त्यस्तै विधागत तर्फ ५ खेलाडीलाइ पुरस्कृत गरिनेछ । सर्वोत्कृष्ट खेलाडीले ७ हजार १४ पुरस्कार पाउने छन् भने उत्कृष्ट ४ खेलाडी जनही ५ हजारका दरले पुरस्कृत हुनेछन् ।
प्रतियोगीतको उद्याटन गदै महानगर प्रमुख धनराज आचार्यले सबै नेपालीलाई एक ठाउमा बाध्ने माध्यम खेलकुद रहेको बताए । खेलकुदले स्वस्थ समाज निर्माणमा समेत टेवा दिने आचार्यको भनाइ थियो ।
प्रतियोगिता आयोजक एवं पोखरा महानगरपालिका वडानम्बर १४ का अध्यक्ष बोधबहादुर कार्कीले वडामा खेलकुदको विकास गर्ने र खेलाडी उत्पादन गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।
प्रकाशित मिति २०८१ फागुन २२ गते बिहीबार ०७:०६




