२०८३ साउन २१ गते बिहीबार

नेपाल प्रिमियर लिगको दोस्रो संस्करण नोभेम्बरमा हुने

नेपाल प्रिमियर लिगको दोस्रो संस्करण नोभेम्बरमा हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन २४ गते शनिबार ०५:३९

एनपीएलको दोस्रो संस्करणका लागि एनपीएल मिनी अक्सन भने अगष्टमा हुनेछ ।

पोखरा ।

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आगामी नोभेम्बरमा हुने भएको छ ।

शनिबार नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको वार्षिक क्यालेन्डर अनुसार एनपीएलको दोस्रो संस्करण नोभेम्बरमा हुने तय भएको हो । नोभेम्बरमा हुने भनिएपनि कहिलेदेखि सुरु हुने भन्नेचाहिँ क्यालेन्डरमा उल्लेख छैन ।

एनपीएलको पहिलो संस्करण भने कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा गत १५ मंसिरदेखि ६ पुससम्म भएको थियो ।

एनपीएलको पहिलो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले जितेको थियो ।

एनपीएलको दोस्रो संस्करणका लागि एनपीएल मिनी अक्सन भने अगष्टमा हुनेछ ।

प्रकाशित मिति २०८१ फागुन २४ गते शनिबार ०५:३९

हजुरको प्रतिक्रिया