२०८३ साउन २१ गते बिहीबार

किशोर र सविनाको ‘सम्झौता गरौँ’ गीत सार्वजनिक

किशोर र सविनाको ‘सम्झौता गरौँ’ गीत सार्वजनिक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन ३० गते शुक्रबार ०२:००

पोखरा गायक किशोर सुनार र गायिका सविना सुनामको स्वरमा रहेको ‘सम्झौता गरौँ’ गीत सार्वजनिक भएको छ । गीतकार आर्जु बिष्ट सल्यानीको रचना गरेको उक्त गीत ‘बासना क्रियसन’ नामक युट्वुव च्यानलमार्फत सार्वजनिक भएको हो । गीतमा संगीत पनि उनै...

पोखरा
गायक किशोर सुनार र गायिका सविना सुनामको स्वरमा रहेको ‘सम्झौता गरौँ’ गीत सार्वजनिक भएको छ । गीतकार आर्जु बिष्ट सल्यानीको रचना गरेको उक्त गीत ‘बासना क्रियसन’ नामक युट्वुव च्यानलमार्फत सार्वजनिक भएको हो । गीतमा संगीत पनि उनै विष्टले भरेका छन् ।

गीतमा स्वर भरेका किशोर सुपर भ्वाइस अफ त्रिवेणी सिजन–१ का विजेता र सिजन–२ का जर्जसमेत हुन् । म्युजिक एरेन्जर किशोरले ‘धानकाे बाला’ बोलको गीतमा आवाज भरेका थिए ।

प्रस्तुतीमा तयार भएको भिडियोमा पोखरेली कान्छा माधव र सङ्गीता खातीले अभिनय गरेका छन् । मनोज विक भावुकले निर्देशन तथा सम्पादन गरेको भिडियोलाई सोम रामदाम र मनोजले खिचेका हुन् ।

प्रकाशित मिति २०८१ फागुन ३० गते शुक्रबार ०२:००
हजुरको प्रतिक्रिया