२०८३ साउन २१ गते बिहीबार

उद्योग र उद्यमशिलताको विकास बिना समृद्धि सम्भव छैनः उद्योगमन्त्री भण्डारी

उद्योग र उद्यमशिलताको विकास बिना समृद्धि सम्भव छैनः उद्योगमन्त्री भण्डारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत २ गते आइतबार १२:१३

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको शासकीय प्रणालीभित्रका प्रक्रियागत जटिलताको समाधान सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन् । आईतवार नेपाल उद्योग परिसंघले आयोजना गरेको महिला नेतृत्व...

काठमाडौं ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको शासकीय प्रणालीभित्रका प्रक्रियागत जटिलताको समाधान सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।

आईतवार नेपाल उद्योग परिसंघले आयोजना गरेको महिला नेतृत्व शिखर सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले वर्तमान सरकारले आजका व्याप्त निराशा चिर्न नीतिगत सुधारका काम अघि बढाएको बताए । उनले मुलुकमा रोजगारी सिर्जना गर्न, लगानी प्रवद्र्धन गर्न सरकारले काम गरिरहेको बताए । उनले आजको राष्ट्रिय समस्यालाई सम्बोधन गर्नेकुरा सरकारको प्राथमिकतामा रहेको बताए । उनले उद्योग र उद्यमशिलताको विकास बिना मुलुकको समृद्धि सम्भव नरहेको बताएका छन् ।

मन्त्री भण्डारीले नेपालमा सार्वजनिक कार्यालयमा स्वदेशी वस्तुको उपयोग बढाउने गरी सरकारले आफ्नो कार्यक्रमहरु अघि बढाएको बताएका छन् ।

प्रकाशित मिति २०८१ चैत २ गते आइतबार १२:१३
हजुरको प्रतिक्रिया