२०८३ कात्तिक ११ गते मंगलबार

नेपालले आँखा उपचारमा विशिष्टता हासिल गर्नु गौरवको विषयः स्वास्थ्यमन्त्री पौडेल

नेपालले आँखा उपचारमा विशिष्टता हासिल गर्नु गौरवको विषयः स्वास्थ्यमन्त्री पौडेल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत ३ गते सोमबार १०:०४

उनले आँखाको लेन्स उत्पादन र उपचार विधिमा नेपालका सन्दुक रुइतको नाम विश्व विख्यात बनेको पनि उल्लेख गरे ।

काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालले आँखा उपचारमा विशिष्टता हाँसिल गर्नु गौरवको विषय भएको बताएका छन् ।

आईतबार मन्त्रालयमा आँखा परीक्षणसम्बन्धी कार्यक्रमका सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र तीलगंगा आँखा अस्पतालबीच समझदारी पत्रमा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले आँखाको लेन्स उत्पादन र उपचार विधिमा नेपालका सन्दुक रुइतको नाम विश्व विख्यात बनेको पनि उल्लेख गरे ।

तीलगंगाले विकास गरेको आँखाको लेन्स र उपचार विधिप्रति नेपालमा मात्र नभइ अन्तर्राष्ट्रिय रुपमा समेत विश्वसनीय बनेको उनले बताए ।

उनले डा. सन्दुक रुइतले गरेको कामलाई राज्यले थप बिस्तार गर्नका लागि सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

आगामी आर्थिक वर्षको बजेटमा कार्यक्रमकै रुपमा बजेट विनियोजन गरेर काम अगाडि बढाउन आपूmले सहयोग गर्ने उनको भनाइ छ ।

विभिन्न कारणले दृष्टि गुमाएका व्यक्तिहरुका लागि डा.सन्दुक रुइतको नेतृत्वमा तीलगंगा आँखा अस्पतालले लेन्स विधिमार्फत उपचार गर्दै आएको छ ।

कम शुल्कमा उपचार गर्ने विधिका कारण डा. रुइतले आविष्कार गरेको लेन्सको माग विश्वभरबाट आएको बताइएको छ ।

सरकारको सहयोगले लेन्स उत्पादनको दायरा बढ्ने अस्पतालको भनाइ छ ।

प्रकाशित मिति २०८१ चैत ३ गते सोमबार १०:०४
हजुरको प्रतिक्रिया