२०८३ साउन २१ गते बिहीबार

जनमोर्चाका सांसद कृष्ण थापालाई पदमुक्त गर्ने निर्णय सर्वोच्चबाट सदर

जनमोर्चाका सांसद कृष्ण थापालाई पदमुक्त गर्ने निर्णय सर्वोच्चबाट सदर

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ जेठ ३१ गते सोमबार ०५:११

पाेखरा । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभाका सांसद कृष्ण थापालाई पदमुक्त गर्ने राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेशसभा सचिवालयको निर्णयलाई सदर गरेको छ । पार्टी निर्णयअनुसार सांसद पदबाट पदमुक्त भएका थापाले सर्वोच्च अदालतले अन्तरिम...

मुख्यमन्त्री नेपाली गठबन्धन थप बलियो

पाेखरा । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभाका सांसद कृष्ण थापालाई पदमुक्त गर्ने राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेशसभा सचिवालयको निर्णयलाई सदर गरेको छ ।

पार्टी निर्णयअनुसार सांसद पदबाट पदमुक्त भएका थापाले सर्वोच्च अदालतले अन्तरिम आदेश दिएर संसदमा पुनर्बहाली गरेका थिए । उक्त निर्णयका विरुद्ध जनमोर्चा संसदीय दल गण्डकी, प्रदेश सभा सचिवालय र सभामुख नेत्रनाथ अधिकारीले सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दिएका थिए । उक्त निवेदनको सोमबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्धय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले थापाको सांसद पद खारेज गर्ने निर्णय सदर गरेको हो ।

यसअघि सांसद थापाले गण्डकीमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सदनमा पेश गरेको विश्वासको मत प्रस्तावको विपक्षमा मतदान गर्ने पार्टी ह्विप उल्लङ्घन गरेका थिए।थापाले ह्विप उल्लङ्घन गर्दै विश्वासको मतको पक्ष र विपक्ष कतै पनि मत नदिई तटस्थ बसेका थिए । त्यसपछि जनमोर्चाले दोस्रोपटक सांसद पदबाट मुक्त गरेका थियो ।

सांसद पदबाट मुक्त भएसँगै गण्डकीको राजनीतिमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको नेपाली कांग्रेस गठबन्धन थप बलियो भएको छ। यसअघि बहुमत पुर्‍याउन ३१ मत आवश्यक पर्नेमा अब ३० मत भए पुग्छ।

अहिले कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमा थापा बाहेक ३१ मत छ । थापाले पार्टी निर्णय विपरीत एमाले नेतृत्वको सरकारलाई समर्थन जनाउँदै आएका थिए ।

प्रकाशित मिति २०७८ जेठ ३१ गते सोमबार ०५:११
हजुरको प्रतिक्रिया