२०८३ साउन २१ गते बिहीबार

दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत ५ गते बुधबार १०:०५

लोगो बिकास तमखुले तयार गरेका हुन् । लोगोमा कर्णाली नदी, नेपालको झण्डा, सात प्रदेश, नेपालको हिमाल, पहाड र तराई तथा शान्तिको प्रतिक परेवा अंकित छ ।

दसौं राष्ट्रिय खेलकुद २०८२ जेठ ३ देखि १० गतेसम्म हुने

काठमाडौं ।

कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक गरिएको छ ।

मंगलबार युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी तथा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष ध्रुव आचार्यले लोगो र मस्कट सार्वजनिक गरेका हुन् ।

लोगो बिकास तमखुले तयार गरेका हुन् । लोगोमा कर्णाली नदी, नेपालको झण्डा, सात प्रदेश, नेपालको हिमाल, पहाड र तराई तथा शान्तिको प्रतिक परेवा अंकित छ ।

यस्तै मस्कट पनि बिकासले नै डिजाइन गरेका हुन् । यसपटकको मस्कट कर्णाली प्रदेशमा पाइने दुर्लभ जनावर रेड पाण्डाको छ ।

दसौं राष्ट्रिय खेलकुद २०८२ जेठ ३ देखि १० गतेसम्म हुने तय छ ।

दुई वर्षअघि पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताबाट १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना गर्ने निर्णय गरिएको थियो ।

प्रकाशित मिति २०८१ चैत ५ गते बुधबार १०:०५
हजुरको प्रतिक्रिया