२०८३ साउन २१ गते बिहीबार

काेपा अमेरिका : पाराग्वेले बोलिभियालाई हरायाे, अर्जेन्टिना र चिलीले अंक बाँडे

काेपा अमेरिका : पाराग्वेले बोलिभियालाई हरायाे, अर्जेन्टिना र चिलीले अंक बाँडे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ असार १ गते मंगलबार १२:०१

पाेखरा । ब्राजिलमा जारी ४७ औं संस्करणको कोपा अमेरिका अन्तर्रगत गएराती सम्पन्न खेलमा पाराग्वेले विजयी सुरुआत गरेको छ भने अर्जेन्टिना र चिलीले अंक बाँडेका छन् । समूह ए को खेलमा पाराग्वेले १० खेलाडी समेटिएको बोलिभियालाई ३-१ ले पराजित...

पाेखरा । ब्राजिलमा जारी ४७ औं संस्करणको कोपा अमेरिका अन्तर्रगत गएराती सम्पन्न खेलमा पाराग्वेले विजयी सुरुआत गरेको छ भने अर्जेन्टिना र चिलीले अंक बाँडेका छन् ।
समूह ए को खेलमा पाराग्वेले १० खेलाडी समेटिएको बोलिभियालाई ३-१ ले पराजित गरेको हो ।

पाराग्वेले एक गोलले पछि परेको अवस्थामा एक खेल कम खेलेकाे बोलिया विरुद्ध पुनरागमन गरेको हो । खेलको १० औं मिनेटमै एर्विन साभेद्रले गोल गर्दै बोलिभियालाई अग्रता दिलाएका थिए । तर पहिलो हाफको इन्जुरी टाइममा जाउमे कुएलर दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिएपछि बोलिभिया १० खेलाडीमा समेटियो ।

त्यसको फाइदा उठाउदै पाराग्वेल अन्तिम ३० मिनेटमा ३ गोल गर्‍यो । ६२औं मिनेटमा अलेजान्ड्रो रोमेरोले पाराग्वेका लागि बराबरी गोल फर्काए । एन्जल रोमेरोले ६५औं र ८०औं मिनेटमा गोल गरेपछि पाराग्वेले जित हात पारेको हो।

यहि समूहको पहिलाे खेलमा अर्जेन्टिना र चिलीले १-१ को बराबरी खेल्दै अंक बाँडे ।

उपाधीकाे दाबेदार मानिएकाे अर्जेन्टिनाले पहिले अग्रता लिएपनि काएम राख्न सकेन । अर्जेन्टिनाका लागि कप्तान लिओनल मेस्सीले गोल गरे भने चिलीका एडुवार्डो भर्गासले गोल फर्काए । खेलको ३३औं मिनेटमा कप्तान मेस्सीले फ्रिकिकमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । अर्जेन्टिनाका लागि मेस्सीको यो ७३औं अन्तर्राष्ट्रिय गोल हो ।

५८औं मिनेटमा एडुवार्डो भेर्गासले चिलीका लागि बराबरी गोल फर्काए । अर्टुरो भिडालले प्रहार गरेको पेनाल्टी अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले रोकेपछि त्यसैमा आएको रिबाउन्ड बलमा भर्गासलेले गोल गरेका हुन् ।

पाराग्वे समूह ए मा ३ अंकसहित शीर्ष स्थानमा छ ।

प्रकाशित मिति २०७८ असार १ गते मंगलबार १२:०१
हजुरको प्रतिक्रिया