२०८३ असोज २३ गते शुक्रबार

‘ग्रुप अफ डेथ’ भिडन्त : फ्रान्स जर्मनीसँग भिड्दा हंगेरीले पाेर्चुगलकाे सामना गर्ने

‘ग्रुप अफ डेथ’ भिडन्त : फ्रान्स जर्मनीसँग भिड्दा हंगेरीले पाेर्चुगलकाे सामना गर्ने

मन क्षेत्री

@Public 4K Tv

२०७८ असार १ गते मंगलबार ०२:४७

युरोकपमा आज समूह एफका दुई खेल हुँदैछन् । जुन समूहमा युराेकपकाे साविक विजेता पोर्चुगल, विश्वकप विजेता एवम् युराेकपकाे साविक उपविजेता फ्रान्स तथा सधैकाे पावरहाउस, विश्वकप र युरोकपको पूर्वच्याम्पियन जर्मनी तथा हंगेरी जस्ता टिमहरू...

हेभिवेट भिडन्तमा कसले मार्ला बाजी ?

युरोकपमा आज समूह एफका दुई खेल हुँदैछन् । जुन समूहमा युराेकपकाे साविक विजेता पोर्चुगल, विश्वकप विजेता एवम् युराेकपकाे साविक उपविजेता फ्रान्स तथा सधैकाे पावरहाउस, विश्वकप र युरोकपको पूर्वच्याम्पियन जर्मनी तथा हंगेरी जस्ता टिमहरू रहेका छन् ।

हेभिवेटहरू एउटै समूहमा रहेका कारण समूह एफलाई ‘ग्रुप अफ डेथ’ मानिएकाे छ । जहाँ युरोकपको साविक विजेतासहित तीन पूर्व विजेता छन् । याे समूहमा रहेका ३ टाेलीलाई यसपटककाे उपाधीकाे दाबेदार समेत मानिएकाे छ।

फुटबल पारखीहरूका लागि यस समूहको प्रत्येक खेल हेर्न लायक हुनेछ । याे समूहमा जर्मनी र हंगेरीले पाेर्चुगल र फ्रान्सलाई आतिथ्यता प्रदान गर्नेछन् । जर्मनीले घरेलु मैदानमा समूहको तीनवटै खेल खेल्ने अवसर पाउनेछ । यस्तै हंगेरीले दुई खेल घरेलु मैदानमा खेल्नेछ ।

जर्मनी बिरूद्द फ्रान्स

विश्व विजेता फ्रान्स र ३ पटकको युरोकप विजेता जर्मनीबीचको खेल राति नेपाली समयअनसार १२:४५ बजे सुरु हुनेछ । खेल जर्मनीको घरेलु मैदान म्युनिख एरेनामा हुनेछ ।पाँच वर्षअघि घरेलु मैदानमै फाइनल हारेको फ्रान्स यसपटक उपाधिको सबैभन्दा ठूलो दाबेदारको रुपमा छ । उता जर्मनी भने २०१६ मा फ्रान्ससँगै सेमिफाइनलमा पराजित भएको थियो । २०१८ मा रुसमा भएको विश्वकप फ्रान्सले जित्दा जर्मनी समूह चरणबाटै बाहिरिएको थियो ।

दुवै टोली पहिलो खेल जित्दै सुखद सुरुआत गर्ने योजनामा छन् । जर्मनीलाई घरेलु मैदानको साथ हुनेछ । उता फ्रान्स विश्व फुटबलमा चर्चित र सफल स्टारहरूले भरिपूर्ण टाेलीका रूपमा आत्मविश्वासका साथ मैदान प्रवेश गर्नेछ । उसका लागि करिम बेन्जामा झण्डै ६ वर्षपछि राष्ट्रिय टिममा फर्केका छन् । बेन्जामासहित किलिएन एमबाप्पे, एन्टोनी ग्रीजमन, जिरूर्ड, डेम्बेले जस्ता फरवार्ड लाइन फ्रान्ससँग छ । यस्तै मिडफिल्डमा एन्जाेलाे कान्टे, पउल पोग्वा, एड्रिओन रावओट,सिसेकाे जस्ता खेलाडी छन् । कप्तान ह्युगो लोरिसले गोलपोष्ट सम्हाल्नेछन् भने डिफेन्समा राफेल भरान बेन्जामिन पाभार्ड, लुकास हर्नान्डेज र प्रेसनेल किम्बेम्पे जस्ता खेलाडी हुनेछन् ।

उता अनुभवी गोलकिपर मानुएल नोएको कप्तानीमा रहेको जर्मनीमा थोमस मुलर र माट हुमेल्सले दुई वर्षपछि पुरनागमन गरेका छन् । यस्तै टिमो वेर्नर, काऐ हाभार्ट, सर्ज जिनाब्री, लरेस साने, जोसुअ किम्मीक जस्ता खेलाडी जर्मनी टिममा छन् । मिडफिल्डमा टोनी क्रुस र एल्के गुन्डागोनको साथ रहनेछ ।

फ्रान्स र जर्मनी युरोकपमा अहिलेसम्म जम्मा १ पटक आमुनेसामुने भएका छन् । २०१६ को सेमिफाइनलमा फ्रान्सले जर्मनीलाई पराजित गरेको थियो । यस्तै, यूईएफए नेशन्स कप २०१८ अन्तर्गत दुई खेल हुँदा एक खेल फ्रान्सले जितेको थियो भने अर्को खेल गोलरहित बराबरीमा सकिएको थियो ।

२०१४ को विश्वकप क्वाटरफाइनलमा पराजित भएयता फ्रान्स जर्मनीविरुद्ध पछिल्लो ५ खेलमा अपराजित छ ।

हंगेरीविरूद्द पाेर्चुगल

युरोकपमा नेपाल समयअनुसार ९ बजेर ४५ मिनेट जाँदा पोर्चुगल र हंगेरीबीच प्रतिस्पर्धा हुनेछ । यो खेल हंगेरीको बुडापेस्टस्थित रंगशालामा हुनेछ । पोर्चुगल युरोकपको डिफेन्डिङ च्याम्पियन हो । त्यसैले आजको खेलमा उसको स्पष्ट लक्ष्य जित नै हुनेछ । फेरि, यो समूह सहज पनि छैन ।

यसपछि जर्मनी र फ्रान्ससँग खेल्नुपर्ने भएकाले पनि दुबै टोली प्रतियोगिताको उत्कृष्ट सुरुआत चाहन्छन् । कप्तान क्रिष्ट्रियानो रोनाल्डो सर्वाधिक धेरै अन्तर्राष्ट्रिय गोलको किर्तिमान बनाउनबाट ५ गोलले पछि छन् । उनले अहिलेसम्म १ सय ४ गोल गरिसकेका छन् । सर्वाधिक अन्तर्राष्ट्रिय गोल ईरानका अली देईको नाममा छ, उनले १ सय ९ गोल गरेका छन् ।

पोर्चुगलसँग धेरै स्टार खेलाडी छन् । पेपे, जाेस फन्टे, राफेल गुरेरियाे, राेनाटाे सान्चेज, राफा सिल्भा, बर्नान्डाे सिल्भा, पेड्राे, डियागाे जाेटा, एन्ड्रयू सिल्भा तथा स्टार स्ट्राइकर क्रिस्टियानाे राेनाल्डाे  जितकाे लक्ष्यसहित मैदान प्रवेश गर्दा हंगेरी आफूँलाई अन्डरडग टिमका रूपमा चिनाउन चाहन्छ ।

पछिल्ला ६ खेलमा पोर्चुगल अपराजित छ । पोर्चुगलले ४ खेल जितेको छ भने दुई खेल बराबरी खेलेको छ । यता, हंगेरी पछिल्ला ११ खेलयता अपराजित छ । उसले पछिल्ला ६ खेलमध्ये चार खेल जितेको छ र दुई खेल बराबरी खेलेको छ । तर, अहिलेसम्म हंगेरीले पोर्चुगललाई हराउन सकेको छैन ।

त्यसैले आफ्नो घरेलु मैदानमा डिफेन्डिङ च्याम्पियनमाथि जित हासिल गर्नुपर्ने ठूलो चुनौती हंगेरीलाई छ ।

प्रकाशित मिति २०७८ असार १ गते मंगलबार ०२:४७
हजुरको प्रतिक्रिया