२०८३ साउन २१ गते बिहीबार

कुलमानलाई हटाएकोमा संसदमा विरोध गर्ने प्रतिपक्षी दलहरुको निर्णय

कुलमानलाई हटाएकोमा संसदमा विरोध गर्ने प्रतिपक्षी दलहरुको निर्णय

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत १२ गते बुधबार १०:३९

सरकारले कुलमानलाई दुई तिहाईको दम्भका आधारमा हटाएको प्रतिपक्षी दलहरुको आरोप छ । तर संसदीय गतिविधि बाहेकका काममा दुई तिहाईको अर्थ रहँदैन ।

काठमाडौं ।

प्रतिपक्षी दलहरुले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएकोमा सरकारको बिरोध गर्ने निर्णय गरेको छ ।

बुधबार सिंहदरबारमा बसेको संसदका विपक्षी दलहरुको बैठकले सदन र सडकबाट सरकारको उक्त निर्णयको बिरोध गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सरकारले अलोकतान्त्रिक रुपमा विधि मिचेर घिसिङलाई हटाएको भन्दै प्रतिपक्षी दलहरुले संसदमा आवाज उठाउने र सडकमा पनि बिरोध गर्ने निर्णय भएको जानकारी दिए ।

सरकारले कुलमानलाई दुई तिहाईको दम्भका आधारमा हटाएको प्रतिपक्षी दलहरुको आरोप छ । तर संसदीय गतिविधि बाहेकका काममा दुई तिहाईको अर्थ रहँदैन ।

उनले भने, ‘पछिल्ला गतिविधि र सरकारले गरेका पछिल्ला निर्णयहरुको बारेमा संसदमा भएका विपक्षी दलहरुको बैठक बस्यौँ । मुख्यतः सोमवार राति भएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई जुन अलोकतान्त्रिक तरिकाले, दुई तिहाईको दम्भका साथ पार्टीहरुको सरकारले गलहत्याउने काम गरेको छ । अनुशासन, विधि भन्दा माथि गएर शक्ति प्रयोग गरेर हटायो । त्यस निर्णयबिरुद्ध सदनमा आवाज उठाउनेछौँ । सदनमा प्रश्न गर्ने र त्यस कार्यको बिरोध गर्नेछौँ ।’

उनले सदनमा प्रतिपक्षी दलहरुले सरकारको उक्त निर्णयको विरुद्धमा बिरोध गर्ने बताए ।

प्रकाशित मिति २०८१ चैत १२ गते बुधबार १०:३९
हजुरको प्रतिक्रिया