२०८३ साउन २१ गते बिहीबार

पोखरामा अन्तर्राष्ट्रिय स्तरको लायन्स कप भलिबल हुँदै

पोखरामा अन्तर्राष्ट्रिय स्तरको लायन्स कप भलिबल हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत १३ गते बिहीबार ०२:४२

पोखरा पोखरामा अन्तर्राष्ट्रिय स्तरको लायन्स कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा आगामी वैशाख १८ देखि २२ गतेसम्म पोखरा रंगशालास्थित मल्टिपर्पाेज हलमा उक्त प्रतियोगिता...

प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार ४४४ पाउने

पोखरा

पोखरामा अन्तर्राष्ट्रिय स्तरको लायन्स कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा आगामी वैशाख १८ देखि २२ गतेसम्म पोखरा रंगशालास्थित मल्टिपर्पाेज हलमा उक्त प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा दुई विदेशीसहित ६ टोलीको सहभागिता रहने लायन्सका डिष्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले जानकारी दिए ।

पाकिस्तान भलिबल क्लब इस्लामावाद विदेशी टोलीको रुपमा सहभागिता जनाउने छन् । अर्काे विदेशी टोलीको लागि भारत र इरानको टोलीसँग सल्लाह भइराखेको र तीमध्ये एउटालाई सहभागी बनाइने डिष्ट्रिक्ट गभर्नर अर्यालले बताए । स्वदेशी टिमको रुपमा तीन विभागीयसहित गण्डकी प्रदेश रहनेछ ।

प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार ४४४ र उपविजेताले २ लाख ४४ हजार ४४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।

तेस्रो हुने टोलीले १ लाख ४४ हजार ४४४ पाउनेछ । सर्वाेत्कृष्ट खेलाडीलाई १४ हजार ४४४ र विधागततर्फ उत्कृष्ट हुनेलाई समान ८ हजार ४४४ रुपैयाँ प्रदान गरिने डिष्ट्रिक्ट गभर्नर अर्यालले जानकारी दिए ।

लायन्सको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भलिबलको प्रवद्र्धन र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने लक्ष्य राखिएको उनको भनाइ छ ।

 

प्रकाशित मिति २०८१ चैत १३ गते बिहीबार ०२:४२
हजुरको प्रतिक्रिया