२०८३ साउन २१ गते बिहीबार

म्याग्दी र बागलुङका पत्रकारबीच मैत्रीपूर्ण फुटसल

म्याग्दी र बागलुङका पत्रकारबीच मैत्रीपूर्ण फुटसल

हरिकृष्ण गौतम

@Public 4K Tv

२०८१ चैत १४ गते शुक्रबार १०:५२

नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष राम थापा (अविरल)ले पत्रकार महासंघको स्थापना दिवसको अवसरमा म्याग्दी शाखाले आयोजना गरेको फुटसल प्रतियोगिताले एकापसमा हार्दिकता, भाइचारा र सद्भावको सम्बन्ध विस्तार भएको बताए ।

म्याग्दी ।

नेपाल पत्रकार महासंघको ७०औं स्थापना दिवसको पूर्वसन्ध्यामा बिहीबार म्याग्दीको बेनीमा फुटसल प्रतियोगिता भएको छ ।

धौलागिरि क्षेत्रको सञ्चार कर्ममा क्रियाशील म्याग्दी र बागलुङका पत्रकारहरुबीचमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता गरिएको हो ।

म्याग्दी सदरमुकाम बेनीबजारस्थित शिक्षामार्गमा रहेको फुटसलस्थलमा सम्पन्न प्रतियोगिता अन्तर्गत पहिलो चरणमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा बागलुङ (रातो) समूहले म्याग्दी शाखालाई शुन्यका विरुद्ध ९ गोल प्रहार गरी दोस्रो चरणमा प्रवेश गरेको थियो ।

यसैगरी दोस्रो चरणमा पत्रकार महासंघ बागलुङ शाखा (निलो) समूहले म्याग्दी मिडिया सोसाईटीलाई १ गोलका विरुद्ध २ गोल गर्दै विजयी भएको थियो ।

त्यस्तै तेस्रो तथा अन्तिम चरणको खेलमा पत्रकार महासंघ बागलुङ शाखा रातो र निलो समूहबीच प्रतिस्पर्धा भएको थियो ।

फाइनलमा रातो समूहले २–६ गोल गर्दै मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि जितेको हो । प्रतियोगितामा विजेता र उपविजेता समूहलाई क्रमशः ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको छ ।

प्रतियोगितामा म्याग्दीबाट २ र बागलुङबाट पनि २ वटा टोली सहभागी थिए ।

फुटसल प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेलले खेलकुदले मानिसको शारिरीक तथा मानसिक विकासमा सहयोग पु¥याउने बताए ।

सोही कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष राम थापा (अविरल)ले पत्रकार महासंघको स्थापना दिवसको अवसरमा म्याग्दी शाखाले आयोजना गरेको फुटसल प्रतियोगिताले एकापसमा हार्दिकता, भाइचारा र सद्भावको सम्बन्ध विस्तार भएको बताए ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले पत्रकारहरुबीचमा सम्बन्ध प्रगाढ र बलियो बनाउने उद्देश्यले महासंघको स्थापना दिवसलाई लक्षित गरेर फुटसल प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।

प्रकाशित मिति २०८१ चैत १४ गते शुक्रबार १०:५२
हजुरको प्रतिक्रिया