२०८३ साउन २१ गते बिहीबार

पत्रकार रजकको हत्याको विरोधमा पोखराको सहिदचोकमा विरोध प्रदर्शन

पत्रकार रजकको हत्याको विरोधमा पोखराको सहिदचोकमा विरोध प्रदर्शन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत १५ गते शनिबार ०२:४६

१६ चैत्र, पोखरा । पत्रकार सुरेश रजकको हत्याको विरोधमा नेपाल पत्रकार महासंघ, कास्कीले शनिबार पोखराको सहिदचोकमा विरोध प्रदर्शन गरेको छ । प्लेकार्ड र व्यानरसहित सहिद चोकमा पुगेका पत्रकारले रजकको हत्यारालाई कारवाहीको दायरामा...

१६ चैत्र, पोखरा ।

पत्रकार सुरेश रजकको हत्याको विरोधमा नेपाल पत्रकार महासंघ, कास्कीले शनिबार पोखराको सहिदचोकमा विरोध प्रदर्शन गरेको छ ।

प्लेकार्ड र व्यानरसहित सहिद चोकमा पुगेका पत्रकारले रजकको हत्यारालाई कारवाहीको दायरामा ल्याउन माग गरे ।

कास्की शाखाका अध्यक्ष माधव बरालले स्वतन्त्र रुपमा पत्राकारीता गर्ने वातावरण बनाउन सरकारसंग माग गरे । मृतक रजक प्रति श्रदाञ्जली व्यक्त गदै अध्यक्ष बरालले घाइते पत्रकारको शिघ्र स्वास्थ्य थालको कामना गरे ।

राजाबादीहरुको अगुवाईमा शुक्रबार भएको तोडफोड र आगजनीको क्रममा काठमाडौँको तिनकुनेमा रहेको एक निजी भवनमा पत्रकार रजक थुनिएका थिए ।

उनी रहेको भवनमा आन्दोलनकारीले आगो लगाए पछि उनको जलेर मृत्यु भएको थियो । आन्दोलनको फोटो, भिडियो खिच्न पुगेका पात्रकारको हत्या भएको भन्दै महासंघले विरोध जनाएको छ ।

आजै महासंघको स्थापना दिवस भए पनि बदलियएको परिस्थितिका कारण स्थापना दिवसका कार्यक्रम स्थगित गरेर महासंघ प्रदर्शनमा उत्रिएको हो ।

प्रकाशित मिति २०८१ चैत १५ गते शनिबार ०२:४६
हजुरको प्रतिक्रिया