२०८३ साउन २१ गते बिहीबार

गण्डकीका मुख्यमन्त्री पाेखरेलले आज विश्वासकाे मत लिने

गण्डकीका मुख्यमन्त्री पाेखरेलले आज विश्वासकाे मत लिने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ असार ४ गते शुक्रबार १०:५९

पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार (आज) प्रदेशसभामा विश्वासको मत लिंदैछन् । जसका लागि बिहीबार नेपाली सेनाको हेलिकप्टर चढेर मनाङको बाढी पहिरो प्रभावित क्षेत्रमा पुगेका पोखरेल शुक्रबार...

पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार (आज) प्रदेशसभामा विश्वासको मत लिंदैछन् । जसका लागि बिहीबार नेपाली सेनाको हेलिकप्टर चढेर मनाङको बाढी पहिरो प्रभावित क्षेत्रमा पुगेका पोखरेल शुक्रबार बिहान पोखरा फर्किएका छन् । बिहिबार नै पाेखरा फर्कन चाहेका उनी खराब माैसमका कारण उतै राेकिएका थिए ।

विश्वासको मत लिनका लागि प्रदेशसभाको बैठक बिहान ११ बजे बोलाइएको छ ।

शुक्रबार विश्वासको मत लिने कार्यसूची तय भएकाे भएपनि मुख्यमन्त्री पाेखरेल मनाङमै अड्किएपछि मिति पछाडि धकेल्नेबारे पनि छलफल भएको थियो । तर, मौसम खुलेर पोखरा फर्किएपछि आजै विश्वासको मत लिने गरी प्रदेश सभा बैठक बोलाइएको छ ।

विपक्षी ४ दलको गठबन्धनबाट २९ गते मुख्यमन्त्रीमा पोखरेल नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएको १ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।  विश्वासको मत लिएपछि बजेटमाथि छलफल सुरु गर्ने तथा मन्त्रालय बाँडफाँटका काम टुंगो लगाइने मुख्यमन्त्री पोखरेलले बताएका छन् ।

प्रकाशित मिति २०७८ असार ४ गते शुक्रबार १०:५९
हजुरको प्रतिक्रिया