२०८३ साउन २१ गते बिहीबार

गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ असार ४ गते शुक्रबार ०५:४७

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभाबाट विश्वासको मत हासिल गरेका छन् । प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पोखरेलले शुक्रबार पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३१ मत खसेको...

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभाबाट विश्वासको मत हासिल गरेका छन् । प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पोखरेलले शुक्रबार पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३१ मत खसेको छ । प्रस्तावको विपक्षमा २७ मत खसेको छ । प्रदेशसभा बैठकमा ५८ सांसद उपस्थित थिए ।

प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले विश्वासको मतसम्बन्धी प्रस्तावमाथि भएको मत विभाजनको परिणाम घोषणा गर्दै मुख्यमन्त्री पोखरेलद्वारा पेस गरिएको प्रस्ताव प्रदेशसभाको बहुमतबाट पारित भएको घोषणा गरे ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्री पोखरेलले प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका हुन् । उनी गत जेठ २९ गते संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् । पाेखरेलले विश्वासकाे मत प्राप्त गरेसँगै अब बजेट सम्वन्धी छलफल र नयाँ मन्त्रीहरूकाे टुङ्गाेपनि लाग्ने भएकाे छ ।

यसअघि तत्कालीन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेका कारण पाेखरेल गत जेठ २९ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रकाशित मिति २०७८ असार ४ गते शुक्रबार ०५:४७
हजुरको प्रतिक्रिया