२०८३ साउन २१ गते बिहीबार

युराेकप- स्विडेनसँग स्लाेभाकिया पराजित

युराेकप- स्विडेनसँग स्लाेभाकिया पराजित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ असार ४ गते शुक्रबार ०९:०७

युराे २०२० अन्तर्गत शुक्रबार सम्पन्न खेलमा स्विडेनले स्लाेभाकियालाइ १-० गाेलअन्तरले पराजित गरेकाे छ । स्विडेनकाे जितमा इमिल फाेर्सबर्गले खेलकाे ७७ औं मिनेटमा गरेकाे गाेल नै निर्णायक बन्याे । खेलमा राम्राे बल पाेजिसन राखेर पनि...

युराे २०२० अन्तर्गत शुक्रबार सम्पन्न खेलमा स्विडेनले स्लाेभाकियालाइ १-० गाेलअन्तरले पराजित गरेकाे छ । स्विडेनकाे जितमा इमिल फाेर्सबर्गले खेलकाे ७७ औं मिनेटमा गरेकाे गाेल नै निर्णायक बन्याे ।

खेलमा राम्राे बल पाेजिसन राखेर पनि स्लाेभाकिया गाेल गर्न असफल रह्याे । जीतसँगै स्विडेन समुह इ काे शिर्षस्थानमा उक्लिएकाे छ । यद्यपी अन्तिम १६ काे टुङ्गाे भने याे समूहबाट हुन सकेकाे छैन । पहिलाे खेलमा स्पेनलाइ बराबरीमा राेकेकाे स्विडेन ४ अंकसहित शिर्षस्थानमा रहँदा पहिलाे खेलमा पाेल्याण्डलाइ पराजित गरेकाे स्लाेभाकिया स्विडेनसँगकाे हारका बाबजुद अंकतालिकाकाे दाेस्राे स्थानमा छ ।

स्विडेनसँग बराबरीमा राेकिएकाे स्पेन एक अंकसहित तेस्राे स्थानमा रहँदा स्टार स्ट्राइकर लेवाण्डाेस्कीकाे पाेल्याण्ड अंकतालिकाकाे पुछारमा छ ।

प्रकाशित मिति २०७८ असार ४ गते शुक्रबार ०९:०७
हजुरको प्रतिक्रिया