२०८३ साउन २१ गते बिहीबार

नेपाल सुपर लिगः आज ललितपुर सिटी एफसी र पोखरा थण्डर्सबीच प्रतिस्पर्धा हुँदै

नेपाल सुपर लिगः आज ललितपुर सिटी एफसी र पोखरा थण्डर्सबीच प्रतिस्पर्धा हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत १९ गते बुधबार १०:११

दुवै टोलीको यो दोस्रो खेल हो । दुवै टोली आज पहिलो जित निकाल्ने लक्ष्यमा मैदान उत्रंदैछन् । यसअघि उद्घाटन खेलमा ललितपुरले काठमाडौंसँग २–२ को बराबरी खेल्दै अंक बाँडेको थियो ।
पोखरा भने आफ्नो पहिलो खेलमा एफसी चितवनसँग २–० ले पराजित भएको थियो ।

पोखरा ।

नेपाल सुपर लिग (एनएसएल) २०२५ अन्तर्गत आज ललितपुर सिटी एफसी र पोखरा थण्डर्सबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ ।

दुवै टोलीको यो दोस्रो खेल हो । दुवै टोली आज पहिलो जित निकाल्ने लक्ष्यमा मैदान उत्रंदैछन् । यसअघि उद्घाटन खेलमा ललितपुरले काठमाडौंसँग २–२ को बराबरी खेल्दै अंक बाँडेको थियो ।

पोखरा भने आफ्नो पहिलो खेलमा एफसी चितवनसँग २–० ले पराजित भएको थियो ।

साविक विजेता ललितपुर पहिलो खेलमा जितनजिक पुगेर पनि इन्जुरी टाइममा पेनाल्टीमा गोल खाँदा अंक बाँड्न बाध्य भएको थियो ।

यसअघि हिजो भएको खेलमा धनगढी एफसीले विजयी शुरूवात गरेको छ । दशरथ रंगशालामा हिजो राति भएको खेलमा धनगढीले बुटवल लुम्बिनीलाई ४–१ ले पराजित गरेको हो । योसँगै धनगढीले पहिलो खेलमै तीन अंक जोडेको छ ।

बुटवलको भने यो पहिलो हार हो । बुटवलले यसअघि झापा एफसीसँग गोलरहित बराबरी खेलेको थियो ।

धनगढीको जीतमा लेबनानी फरवार्ड अहमद हिजाजीले दुई र कृतिशरत्न छुन्जु र सर्जियो बार्बोजुले समान एक गोल गरे । बुटवलका केन्टा हाराले एक गोल फर्काए ।

प्रतियोगितामा सात वटा टोलीसहभागी छन् । लिग चरणमा कुल २१ खेल हुनेछन् ।

लिग चरणपछि चार वटा टोली प्लेअफमा पुग्नेछन् । फाइनल खेल वैशाख १३ गते हुनेछ ।

प्रकाशित मिति २०८१ चैत १९ गते बुधबार १०:११
हजुरको प्रतिक्रिया