२०८३ असोज २४ गते शनिबार

नेपाल उद्योग वाणिज्य महासंघ र थाइ चेम्बर अफ कमर्स एण्ड बोर्ड अफ ट्रेडबीच समझदारी

नेपाल उद्योग वाणिज्य महासंघ र थाइ चेम्बर अफ कमर्स एण्ड बोर्ड अफ ट्रेडबीच समझदारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत २१ गते शुक्रबार १२:४६

नेपाल उद्योग वाणिज्य महासंघ र थाइ चेम्बर अफ कमर्स एण्ड वोर्ड अफ ट्रेडबीच संयुक्त वाणिज्य परिषद् गठन गर्ने समझदारी भएको छ । थाइल्याण्डको राजधानी बैंकक भ्रमणमा रहेको नेपाल उद्योग वाणिज्य महासंघको टोलीसँग थाइ चेम्बर अफ कमर्स एण्ड...

नेपाल उद्योग वाणिज्य महासंघ र थाइ चेम्बर अफ कमर्स एण्ड वोर्ड अफ ट्रेडबीच संयुक्त वाणिज्य परिषद् गठन गर्ने समझदारी भएको छ ।

थाइल्याण्डको राजधानी बैंकक भ्रमणमा रहेको नेपाल उद्योग वाणिज्य महासंघको टोलीसँग थाइ चेम्बर अफ कमर्स एण्ड बोर्ड अफ ट्रेडले आफ्नै कार्यालयमा द्विपक्षीय वार्ता गर्दै संयुक्त वाणिज्य परिषद् गठन समझदारी गरेको हो ।

दुवै देशमा लगानी प्रवद्र्धन र लगानी आदान प्रदान गर्न संयुक्त वाणिज्य परिषद्ले सहजिकरण गर्ने बताइएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व गर्दै बैंककमा रहनुभएका चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको वातावरण बन्दै गएको अवस्थामा लगानीको लागि सम्भावित क्षेत्र पहिचान गर्न वाणिज्य परिषद्ले सघाउने बताए ।

उनले नेपालमा पर्यटन, सेवा, खाद्यवस्तु प्रशोधन, प्याकेजिङ, निर्माण सामग्री उत्पादनमा थाइ व्यवसायीले इच्छा देखाएको जिकिर गरे ।

वार्तामा उद्योगी नेपालीहरुलाई अनअराइभल भिसा उपलब्ध गराउन थाइ चेम्बर अफ कमर्सलाई आग्रह गरेको पनि अध्यक्ष ढकालले उल्लेख गरे ।

उनले भने, ‘हामीले खास गरेर नेपालमा लगानी गर्नको लागि थाइ व्यवसायीहरुलाई आग्रह गर्यौं । हामीले उहाँहरुलाई नेपालको पुरानो कानूनहरु परिवर्तन भएको र लगानीको लागि सहज वातावरण बनेको तथा सरकारले पनि विदेशी लगानीलाई प्राथमिकता दिएको भन्दै लगानीका आह्वान ग¥यौं । उहाँहरु पनि पर्यटन, हस्पिटालिटी लगायतका क्षेत्रमा इच्छा देखाएको छ । त्यसैगरी हामीले नेपालबाट आउने उद्योगीहरुलाई अनअराइभल भिसाको लागि थाइ सरकारसँग पहल गरिदिनिुस् भनेर हामीले आग्रह गरेका छौं । उहाँहरुले पहल गर्ने बताउनु भयो । उहाँहरुले नेपालमा राजनीतिक स्थिरता नभएको हुनाले नेपालमा लगानीको सम्भावना के हुन्छ भनेर चिन्ता पनि व्यक्त गर्नुभयो । हामीले राजनीतिक क्रियाकलाप र आर्थिक पाटो भिन्नै भएकाले अहिले नीति समेत परिवर्तन भएको कारण त्यसले फरक पार्दैन भन्ने कुराहरु राखेका छौं ।’

थाइ व्यवसायीहरुले नेपालमा राजनीतिक स्थिरता नभएको कारण लगानी प्रभावित हुनेकुरा राखेको अध्यक्ष ढकालले बताए । सरकारले वैदेशिक लगानी समहजिकरणका लागि नीति समेत फेरबदल गरेको कारण लगानी प्रभावित नहुने आफूहरुले धारणा राखेको उनको भनाइ छ ।

बिमस्टेक चेम्बर गठन गर्ने प्रक्रियामा पनि सदस्य राष्ट्रहरुसँग छलफल गरेर सक्रिय बनाउने कुरामा पनि आफूहरु अघि बढेको बताए ।

प्रकाशित मिति २०८१ चैत २१ गते शुक्रबार १२:४६
हजुरको प्रतिक्रिया