२०८३ असोज २४ गते शनिबार

भलिबल प्रतियोगिताको उपाधी गर्लाङ युनाइटेड ब्रदरलाई

भलिबल प्रतियोगिताको उपाधी गर्लाङ युनाइटेड ब्रदरलाई

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत २४ गते सोमबार ०२:०६

पोखरा । पोखरा १६ वडा अध्यक्ष कप पुरुष तथा महिला भलिबल प्रतियोगिताको उपाधी गर्लाङ युनाइटेड ब्रदरले जितेको छ । आइतबार भएको फाइनल खेलमा अर्मला युथ क्लबलाई हराउँदै युनाइटेड ब्रदरले उपाधी जितेको हो । प्रतियोगिताको विजेताले ३० हजार...

पोखरा ।

पोखरा १६ वडा अध्यक्ष कप पुरुष तथा महिला भलिबल प्रतियोगिताको उपाधी गर्लाङ युनाइटेड ब्रदरले जितेको छ । आइतबार भएको फाइनल खेलमा अर्मला युथ क्लबलाई हराउँदै युनाइटेड ब्रदरले उपाधी जितेको हो । प्रतियोगिताको विजेताले ३० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेताले भने २० हजार रुपैयाँ प्राप्त गरेको छ ।

यस्तै महिलातर्फ गर्लाङलाइ हराउँदै छहरेपानी क्लबले उपाधी जितेको छ ।

त्यसैगरी बेस्ट प्लेयर पुरुषतर्फ अमृत भित्रकोटी र महिला तर्फ बेस्ट प्लेयर सम्झना पुनले प्राप्त गरेका छन् ।

पोखरा १६ को आयोजना तथा नमुना क्लबको सहकार्यमा शुक्रबारबाट सुरु प्रतियोगिता नमुना खेल मैदान तुम्केमा संचालन भएको थियो ।

आउँदै गरेको मयेर कपको लागि उत्कृष्ट खेलाडी छनोट गरि मेयर कपमा वडा नम्बर १६ भित्रका महिला र पुरुष दुबै टोली समावेश गर्नको लागि प्रतियोगिता संचालक भएको नमुना क्लबका अध्यक्ष मिनबहादुर गुरुङले बताए । छोटो समयमा नमुना क्लबले खेलको माध्यमबाट धेरै राम्रो काम गरेको तथा वडाबाट नमुना क्लबलाई साथ र सहयोग प्राप्त भएको भन्दै उनले वडालाई धन्यवाद समेत दिए ।

वडा नम्बर १६ खेलकुद समितिका सदस्य श्यामबहादुर गुरुङले बिगतको बर्षमा मेयरकपमा वडा नम्बर १६ बाट पुरुष टोली मात्रै समाबेश भएकोमा यो बर्षबाट महिलाको पनि सहभागी गराउन यो प्रतियोगिता गरिएको बताए । उनले वडा भित्रका पुरुष खेलाडी अब्बल रहेको र सहाभागी हुने प्रतियोगितामा अब्बल प्रदर्शन गर्दै आएको उनले दावी गरे ।

प्रकाशित मिति २०८१ चैत २४ गते सोमबार ०२:०६
हजुरको प्रतिक्रिया