२०८३ असोज २४ गते शनिबार

सिक्लेसमा सेभेन ‘ए’ साइड फुटबल हुने, विजेतालाई एक लाख रुपैयाँ

सिक्लेसमा सेभेन ‘ए’ साइड फुटबल हुने, विजेतालाई एक लाख रुपैयाँ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत २६ गते बुधबार ०६:३१

पोखरा । कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिता हुने भएको छ । मादी गाउँपालिका–१ सिक्लेसको टोल नम्बर १० को धप्राङ्गथर युवा परिवारको आयोजनामा आगामी चैत २९ देखि वैशाख १ सम्म प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको...

पोखरा ।

कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिता हुने भएको छ । मादी गाउँपालिका–१ सिक्लेसको टोल नम्बर १० को धप्राङ्गथर युवा परिवारको आयोजनामा आगामी चैत २९ देखि वैशाख १ सम्म प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउने धप्राङ्गथर युवा परिवारका अध्यक्ष लिलबहादुर गुरुङले जानकारी दिए । उपविजेताले ७० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने उनले बताए । उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले ७÷७ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा सहभागी हुन बिहीबार बेलुका ४ बजेसम्म टिम दर्ता गर्न सकिने प्रचारप्रसार संयोजक मिलन गुरुङले जानकारी दिए । प्रतियोगिता गाउँकै पार्चे रग्यो खेल मैदानमा हुने उनले बताए । स्थानीय प्रतिभाको पहिचान र पर्यटन प्रवद्र्धनको उद्देश्यसहित प्रतियोगिता गर्न लागिएको हो ।

प्रकाशित मिति २०८१ चैत २६ गते बुधबार ०६:३१
हजुरको प्रतिक्रिया