२०८३ असोज २४ गते शनिबार

हावाहुरीले तानसेन महोत्सवमा करोडौंको क्षति

हावाहुरीले तानसेन महोत्सवमा करोडौंको क्षति

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत २७ गते बिहीबार ०४:३७

पाल्पा सदरमुकाम तानसेनमा जारी दोस्रो तानसेन महोत्सव हावाहुरी र वर्षाका कारण प्रभावित भएको छ । बुधवार रातिको हावाहुरीसहितको वर्षाका कारण महोत्सव प्रभावित बनेको हो । बुधवार कार्यक्रमको तयारी भइरहेको बेला अचानक वर्षा र हावहाहुरी...

पाल्पा सदरमुकाम तानसेनमा जारी दोस्रो तानसेन महोत्सव हावाहुरी र वर्षाका कारण प्रभावित भएको छ ।

बुधवार रातिको हावाहुरीसहितको वर्षाका कारण महोत्सव प्रभावित बनेको हो ।

बुधवार कार्यक्रमको तयारी भइरहेको बेला अचानक वर्षा र हावहाहुरी चलेपछि महोत्सवमा भाग दौड मच्चिएको थियो ।

असिनासहित वर्षा भएपछि महोत्सव हेर्न भेला भएका हजारौं बाल बच्चादेखि बुढापाकाबीच भागदौड मच्चिएको थियो ।

वर्षाका कारण सांस्कृतिक कार्यक्रम स्थगित गरी आज सञ्चालन गर्ने तयारीमा आयोजक थिए ।

तर बुधवार राति १ बजेबटा चलेको ठूलो हावाहुरी र वर्षाका कारण महोत्सवस्थलमा बनाइएका स्टेज, स्टल, प्रवेशद्वार, घेरबार लगायत ढलेका छन् । जसले गर्दा महोत्सव नै अनिश्चित बनेको छ ।

महोत्सवस्थलमा राखिएका विभिन्न स्टलका सामान समेत हावाले उडाएको व्यापारीहरुको भनाई छ । हावाहुरीले करोडौंको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

वर्षा र हावाहुरीका कारण महोत्सवस्थलमा ठूलो क्षति पुगेकाले पुनः नयाँ संरचना निर्माण गरेर मात्र महोत्सव सञ्चालन गर्ने तयारी आयोजक तानसेन नगरपालिकाले गरेको छ ।

महोत्सव यही चैत २२ गतेदेखि शुरु भई वैशाख ३ गतेसम्मका लागि तय भएको थियो ।

प्रकाशित मिति २०८१ चैत २७ गते बिहीबार ०४:३७
हजुरको प्रतिक्रिया