२०८३ असोज २४ गते शनिबार

हेमजा महोत्सवमा आलु किन्नेको घुइँचो

हेमजा महोत्सवमा आलु किन्नेको घुइँचो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत २८ गते शुक्रबार ११:३६

आलु खरिद गर्नकै लागि पोखरालगायत छिमेकी अन्नपूर्ण एवं माछापुच्छ्रे गाउँपालिका, स्याङजा, चितवन, तनहुँ, पर्वत, मुस्ताङ, बाग्लुङ, सुनसरी, रुपन्देही लगायतका जिल्लाबाटसमेत मानिसहरु महोत्सव स्थल विष्णुपादुका खेल मैदान पुगेका छन् ।
यतिबेला आयोजकलाई त्यहाँ आलु बिक्री गर्न भ्याइनभ्याई भइरहेको छ ।

हेम्जा ।

१३ औं राष्ट्रिय हेमजा आलु महोत्सव मध्येतिर आइरहदाँ आलु किन्नेहरुको सख्या बढेको छ ।

महोत्सव अहिलेसम्म करिव ४५ हजारले महोत्सव अवलोकन गरेकोमा एक हजार दूई सय २५ घरपरिवारले आलु किनेर लगेको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक जयराम तिम्सिनाले जानकारी दिए ।

जसमध्ये प्रति घरपरिवारले सबैभन्दा कम १० देखि बढीमा २ सय केजीसम्म आलु खरिद गरेको तिम्सिनाको भनाई छ ।

हेमजाको आलु बढी स्वास्थ्यकर मानिने, छिटो पाक्ने तथा खानमा पनि स्वादिलो र मिठो हुने भएकाले अधिकाशं उपभोक्ताको रोजाईमा पर्दै आएको बिहीबार महोत्सव स्थलमा आलु खरिद गर्दै गरेकी स्याङजा आधिखोलाकी पार्वती शर्माले बताईन् ।

आलु खरिद गर्नकै लागि पोखरालगायत छिमेकी अन्नपूर्ण एवं माछापुच्छ्रे गाउँपालिका, स्याङजा, चितवन, तनहुँ, पर्वत, मुस्ताङ, बाग्लुङ, सुनसरी, रुपन्देही लगायतका जिल्लाबाटसमेत मानिसहरु महोत्सव स्थल विष्णुपादुका खेल मैदान पुगेका छन् ।

यतिबेला आयोजकलाई त्यहाँ आलु बिक्री गर्न भ्याइनभ्याई भइरहेको छ । बिहीबार साँझसम्म १३ लाख बढीको आलु कारोवार भएको छ । प्रतिकेजी रु.४२ मा आलु बिक्री गरिएको छ ।

महोत्सव मध्येतिर आइरहदाँ दर्शक सहभागिता पनि बढ्दै गएको हो । महोत्सवको पाँचौ दिन बिहीबार मात्रै १० हजार बढी दर्शकले महोत्सव अवलोकन गरेका छन् । दर्शक सहभागिता बढ्दै जाँदा आयोजक समेत हैसिएको छ

महोत्सव अन्तर्गत आज शान्तारानी परियार, कुमार पुन, जीवन दाहाल, लक्ष्मी नेपाली, विजय केसी, कृष्ण सुवेदी, गगन गुरुङ, वसन्ती थापा लगायत कलाकारहरुका प्रस्तुति रहनेछन् । त्यस्तै रत्यौली गीत प्रतियोगिता पनि जारी छ ।

महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटविरुवा परीक्षण तथा रोगको निदान रहेका छन् ।

त्यस्तै कृषक तथा कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरुका प्रस्तुति, कृषक सम्मान साथै विभिन्न कृषि उपज, वीउविजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी पनि छन् ।

महोत्सव आउँदो बैशाख ३ गतेसम्म चल्नेछ ।

 

प्रकाशित मिति २०८१ चैत २८ गते शुक्रबार ११:३६
हजुरको प्रतिक्रिया