२०८३ असोज २३ गते शुक्रबार

माधव नेपाल पक्षका राईको नेतृत्वमा नेकपा एकीकृत दर्ता

माधव नेपाल पक्षका राईको नेतृत्वमा नेकपा एकीकृत दर्ता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ असार ९ गते बुधबार ०७:५५

काठमाडाैं । निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत दर्ता भएको छ । दुई दिनअघि जीवन राई अध्यक्ष रहेको सो दल दर्ता भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए । पार्टीले चुनाव चिन्ह कलम पाएको छ । सो पार्टीले आयोगबाट दल दर्ताको...

काठमाडाैं । निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत दर्ता भएको छ ।

दुई दिनअघि जीवन राई अध्यक्ष रहेको सो दल दर्ता भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए । पार्टीले चुनाव चिन्ह कलम पाएको छ । सो पार्टीले आयोगबाट दल दर्ताको प्रमाणपत्र समेत पाइसकेको छ ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष जीवन राईको नेतृत्वमा सो दल दर्ता भएको हो । गत वैशाख ६ गते आयोगमा दल दर्ताको निवेदन परेको थियो । सो दलको अध्यक्षमा जीवन राई, उपाध्यक्षमा कल्पना गुरुङ, महासचिवमा विनोद खुलाल, सचिवमा ऐनविक्रम कुँवर र कोषाध्यक्षमा सुशील खनाल छन् ।

प्रकाशित मिति २०७८ असार ९ गते बुधबार ०७:५५
हजुरको प्रतिक्रिया