२०८३ साउन २१ गते बिहीबार

राेनाल्डाेकाे नाममा थप अर्काे कीर्तिमान

राेनाल्डाेकाे नाममा थप अर्काे कीर्तिमान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ असार १० गते बिहीबार ०९:४७

पाेखरा । जारी युराेकप २०२० मा व्यक्तिगत गाेलसँख्या ५ पुर्याएका पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा अर्को रेकर्ड बनाएका छन् । यसअघि युराे कपमा सर्वाधिक गाेलकर्ताकाे रेकर्ड बनाएका थिए । बिहीबार...

पाेखरा । जारी युराेकप २०२० मा व्यक्तिगत गाेलसँख्या ५ पुर्याएका पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा अर्को रेकर्ड बनाएका छन् । यसअघि युराे कपमा सर्वाधिक गाेलकर्ताकाे रेकर्ड बनाएका थिए ।

बिहीबार विहान युरो २०२० अन्तर्गत फ्रान्सविरुद्ध दुई गोल गरेका रोनाल्डोले अन्तर्राष्ट्रिय गोल संख्याको कीर्तिमानी बराबरी गरेका हुन् । रोनाल्डोले इरानका स्ट्राइकर अली दाईले बनाएको सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमानी बराबरी गरेका हुन् । अलीले सन् १९९३ देखि २००६ सम्म इरानबाट खेल्दा १०९ अन्तर्राष्ट्रिय गोल गरेका थिए ।

३६ वर्षीय रोनाल्डोले बिहीबार फ्रान्सविरुद्ध दुई गोल गरेसँगै आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या १०९ पुर्‍याए । जारी युरो कपमा रोनाल्डोले पाँच गोल गरिसकेका छन् । उनले यहि संस्करणमा युरो कपका सर्वाधिक गोलकार्तको रेकर्ड बनाएका थिए। रोनाल्डोले पाँच संस्करणको युरो कपमा १४ गोल गरिसकेका छन्। उनी पाँच संस्करणको युरो कपमा गोल गर्ने र खेल्ने एक्ला खेलाडी हुन्।

क्लब फुटबलमा पनि सर्वाधिक गोल गर्ने रेकर्ड बनाएका रोनाल्डो युरो र विश्वकप गरी समग्रमा २० गोल पूरा गर्न पहिलो खेलाडी पनि गरे।

प्रकाशित मिति २०७८ असार १० गते बिहीबार ०९:४७
हजुरको प्रतिक्रिया