२०८३ साउन २१ गते बिहीबार

देशकै पहिलो राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिता हुने

देशकै पहिलो राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिता हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख ३ गते बुधबार ०४:१७

देशकै पहिलो राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । सर्वाधिक पुरस्कार राशिसहित 'नयाँ पुस्ता भोलिको राष्ट्रका मार्गदर्शक हुन् । उनीहरूमा संस्कार, विचार र विवेकको बीज रोप्न सकियो भने मात्र समृद्ध समाजको निर्माण सम्भव...

देशकै पहिलो राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिता हुने भएको छ ।

सर्वाधिक पुरस्कार राशिसहित ‘नयाँ पुस्ता भोलिको राष्ट्रका मार्गदर्शक हुन् । उनीहरूमा संस्कार, विचार र विवेकको बीज रोप्न सकियो भने मात्र समृद्ध समाजको निर्माण सम्भव हुन्छ’ भन्ने विश्वासका साथ ऐतिहासिक श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ–२०८२ अन्तर्गत माध्यमिक विद्यालय (कक्षा ८–१२) स्तरीय राष्ट्रव्यापी खुला वक्तृत्वकला प्रतियोगिता आयोजना हुने भएको हो।

सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी भन्ने शिर्षक प्रतियोगिता हुन लागेको हो ।

यो प्रतियोगिता सनातन संस्कृतिमा विद्यार्थीहरूको समर्पण, समझदारी र सम्भावनाको प्रदर्शनी हुने आयोजकको भनाइ छ ।

ज्ञान, निष्ठा र सभ्यताको माध्यमबाट आफ्नो अभिव्यक्ति उजागर गर्ने प्रतिभालाई निम्नानुसार पुरस्कृत गरिने जनाइएको छ । प्रथम पुरस्कार ५१,१५१, द्वितीय पुरस्कार ४१,१४१, तृतीय पुरस्कार ३१,१३१ प्रशंसनीय पुरस्कार २१,१२१ पाउने जनायएको छ । प्रतियोगिता जेठ १ गते देखि जेठ २५ गते सम्म हुने भएको छ ।

सम्पर्क नम्बर ९८५६०३२४७३ ९८६३२५२१२१ ९७०५२५२१२५

प्रकाशित मिति २०८२ वैशाख ३ गते बुधबार ०४:१७
हजुरको प्रतिक्रिया