म्याग्दी ।
म्याग्दीमा आयोजित सर्वाधिक धनराशीको ‘अब म पनि बोल्छु’ वक्तृत्वकला प्रतियोगिताको उपाधी धवलागिरी गाउँपालिका–७, धारापानीस्थित किसानी चन्द्रकुन्ता माविकी उर्मिला सुबेदीले जितेकी छन् ।
स्टुडेन्ट भाइब्स अस्ट्रेलियाको आयोजना तथा बेनी अनलाइनको सहकार्यमा बुधबार म्याग्दी बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भएको फाइनलमा पाँच प्रतिस्पर्धीलाई पछि पार्दै उर्मिला विजेता बन्न सफल भएकी हुन् ।
विजेता भएसँगै उनले ५० हजार रुपैँया नगदका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।
प्रतियोगिताम रघुगंगा गाउँपालिका–२, भगवतीस्थित मुक्तिथाम माविकी रेजिना भण्डारी उपविजेता र अन्नपूर्ण गाउँपालिका–५, शिख माविकी रेश्मा विक तृतिय भएकी छिन् ।
द्वितिय र तृतिय हुनेले क्रमश रु. ३५ हजार, २५ हजार नगदका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगिताका विजेतालाई प्रमुख अतिथि जिल्ला समन्वय समितिकी निमित्त प्रमुख दिलकुमारी खत्री, स्टुडेन्ट भाइब्स अस्ट्रेलियाका प्रमुख बद्री बरुवाल, निर्णायक समितिका म्याग्दी बहुमुखी क्याम्पसमा प्रमुख श्रीधर सुवेदी, नेपाल जेसीजकापूर्व राष्ट्रिय अध्यक्ष सेनेटर धनञ्जयकुमार श्रेष्ठ, प्रविधिमैत्री शिक्षक समाज नेपालका केन्द्रिय महासचिव देवीप्रसाद शर्मा, स्टुडेन्ट भाइब्सका नेपाल प्रमुख अशोक श्रेष्ठ, स्टुडेन्ट भाइब्स पोखरा प्रमुख सौराज तिमिल्सिना, बेनीअनलाइन प्रालिका अध्यक्ष हरिकृष्ण गौतमले प्रमाणपत्र वितरण गरेका थिए ।
प्रतियोगितामा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठ, शसस्त्र प्रहरी बल गलेश्वरका प्रहरी नायव उपरीक्षक नवराज नेपाल, म्याग्दी जेसीजका अध्यक्ष विनोद घर्ती क्षत्री लगायतको उपस्थिती रहेको थियो ।
प्रतियोगितामा विजेता विद्यार्थीले शैक्षिक गतिविधिमै खर्च गर्ने बताएका छन् ।
प्रकाशित मिति २०८२ वैशाख ४ गते बिहीबार १०:३६




