२०८३ साउन २१ गते बिहीबार

खानेपानी, सडक र शिक्षा क्षेत्रबारे बागलुङ नगरपालिकाप्रति स्थानीयको प्रश्नै प्रश्न

खानेपानी, सडक र शिक्षा क्षेत्रबारे बागलुङ नगरपालिकाप्रति स्थानीयको प्रश्नै प्रश्न

डम्मर बुढा मगर

@Public 4K Tv

२०८२ वैशाख ५ गते शुक्रबार १०:५८

बालमैत्री नगरपालिका घोषणा भएपनि दीगोपनामा ध्यान नदिएको उनीहरुले बताए । वडा कार्यालय सायँकोट सडक ओझेलमा परेको भन्दै ड्रिलिङ खानेपानी आयोजनाबाट एक घर एक धारा निर्माण गर्न आवश्यक रहेको उनीहरुले बताए ।

बसाइँसराइले गाउँ रित्तिदै गएकोप्रति चिन्ता व्यक्त

बागलुङ ।

बागलुङ नगरपालिका–८ का स्थानीयले बसाइँसराइले गाउँ रित्तिदै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।

बिहीबार आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा उनीहरुले कालोपत्र सडक गाउँ आउँदा समेत बसाइँसराइ नरोकिएको बताए ।

लिफ्ट खानेपानी आयोजना अलपत्र परेको र सुन्तलाका लागि अनुदान कटौती भएको भन्दै सित भण्डारण गृह बन्द भएको पनि उनीहरुले गुनासो गरे ।

बालमैत्री नगरपालिका घोषणा भएपनि दीगोपनामा ध्यान नदिएको उनीहरुले बताए । वडा कार्यालय सायँकोट सडक ओझेलमा परेको भन्दै ड्रिलिङ खानेपानी आयोजनाबाट एक घर एक धारा निर्माण गर्न आवश्यक रहेको उनीहरुले बताए ।

सिगानामा आयोजना गरिएको सार्वजनिक सुनुवाईमा अधिकांश नागरिकले खानेपानी, सडक र शिक्षा क्षेत्रलाई केन्द्रमा राखेर प्रश्न गरेका थिए ।

उनीहरुले सिगानामा विद्यार्थी घट्दै गएको, बन्द सडक खोल्न ध्यान नदिएको जस्ता प्रश्न राखेका थिए ।

सार्वजनिक सुनुवाईमा निमित्त प्रमुख प्रशासकीय अधिकृत धन प्रसाद पोखरेलले नगरका ८१९ योजनामध्ये २२० योजना सम्पन्न भइसकेको जानकारी दिए ।

अन्य योजना समेत सम्झौता भएर सम्पन्नताको चरणमा रहेको उनले बताए ।

कार्यक्रममा जनताको गुनासा, चासो तथा सुझावहरुका विषयमा नगरप्रमुख बसन्तकुमार श्रेष्ठ, नगर उपप्रमुख राजु खड्का, वडा नम्बर ८ का अध्यक्ष छम बहादुर कार्कीले जवाफ दिएका थिए ।

जनताका प्रश्नको जवाफ दिँदै नगरप्रमुख श्रेष्ठले नगरपालिकाले गरेका कामकारबाहीका बारेमा जानकारी दिन, नागरिकको गुनासो र सुझाव लिनका लागि सार्वजनिक सुनुवाई गरेको बताए ।

जनताका प्रश्न र गुनासो लिन वडा तहमै पुगेको बताउंदै सिगानामा खानेपानी र सडकले विकासको ढोका खोलेको उनले बताए ।

उनले सडकलाई त्यहाँको विकासको मुख्य प्राथमिकतामा राखेर कालोपत्र भएको उल्लेख गरे । नागरिकहरुले सकरात्मक हिसाबले सोच्दै पालिकालाई सुझाव दिन पनि उनले आग्रह गरे ।

 

प्रकाशित मिति २०८२ वैशाख ५ गते शुक्रबार १०:५८
हजुरको प्रतिक्रिया