बागलुङ ।
बागलुङमा त्रिदिवसीय दिगो विकास र वातावरण सम्बन्धी तालिम सुरु भएको छ ।
पत्रकार महासंघ बागलुङको आयोजना र बागलुङ नगरपालिकाको आर्थिक सहयोगमा तालिम सुरु भएको हो ।
तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले पछिल्लो समय जलवायु परिवर्तनका कारण हिमालमा हिउँ हराउँदै गएको बताए ।
अव्यवस्थित विकासका कारण वातावरणमा असर परेको भन्दै यसप्रति सबै निकाय जिम्मेवार हुनु पर्ने उनको भनाइ छ ।
प्रमुख श्रेष्ठले पत्रकारिता क्षेत्रले नागरिकलाई सुसूचित बनाउनुका साथै राज्यलाई खबरदारी गर्ने काम गर्दै आएका उल्लेख गरे । पत्रकारले राज्यका सकरात्मक पक्षको प्रचार र नकरात्मक विषयलाई खबरदारी गरि राख्नु पर्ने उनले जिकिर गरे । बागलुङ नगरपालिकाले पत्रकार महासंघसँग सहकार्य गरेर पालिकाले गरेका हरक गतिबिधि जनता सामु पु¥याउने उनको भनाइ छ ।
तालिममा बागलुङ जिल्लाभर रहेका क्रियाशील पत्रकारहरुको सहभागिता रहेको थियो । तालिममा वरिष्ठ पत्रकार मोहन मैनालीले सहजीकरण गरि राखेका छन् ।
तालिम वैशाख ७ गतेसम्म सञ्चालन हुने पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापाले जानकारी दिए ।
प्रकाशित मिति २०८२ वैशाख ५ गते शुक्रबार ०७:१३




