२०८३ असोज २५ गते आइतबार

गण्डकी कोटिहोममा भक्तजनकाे उत्साहजनक उपस्थिति

गण्डकी कोटिहोममा भक्तजनकाे उत्साहजनक उपस्थिति

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख ७ गते आइतबार १०:११

पाेखरा । पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा जारी गण्डकी कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा आयोजित श्रीमद्भागवत कथा प्रवचनको कार्यक्रममा स्थानीयकाे उपस्थिति बाक्लिँदै गएकाे छ । काेटिहाेममा श्रद्वालु भक्तजन, साधुसन्त, स्थानीय...

महायज्ञ सफल बनाउनु सबै पाेखरेलीकाे जिम्मेबारी- वडाध्यक्ष प्रधानाङ्ग

पाेखरा ।

पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा जारी गण्डकी कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा आयोजित श्रीमद्भागवत कथा प्रवचनको कार्यक्रममा स्थानीयकाे उपस्थिति बाक्लिँदै गएकाे छ ।

काेटिहाेममा श्रद्वालु भक्तजन, साधुसन्त, स्थानीय लब्धप्रतिष्ठित तथा स्थानीय नेताहरूकाे समेत उपस्थिती बढेकाे मानव सेवा फाउण्डेसनले जनाएकाे छ ।

सनिवार देवी प्रतिभाले कथा प्रवचन सुरु गरेको पहिलो दिन प्रमुख अतिथीको रुपमा पोखरा महानगरपलिका वाड नं. २ का वडा अध्यक्ष दिवशमान प्रधानाङ्ग उपस्थित रहे ।  वडा अध्यक्ष दिवशमान प्रधानाङ्गले पोखराको कोटिहोम महायज्ञ उपयुक्त स्थानमा सञ्चालन भएको उल्लेख गरे । प्रधानाङ्गले धार्मिक अनुष्ठानले पोखराबासीको पहिचानलाई थप बलियो बनाएको एवं धार्मिक पर्यटन प्रवर्द्वनमा महायज्ञले सघाउ पुर्याएकाे बताए । “गण्डकी कोटिहोम महायज्ञ सफल बनाउनु सबै पाेखरेलीकाे जिम्मेबारी हो” अध्यक्ष प्रधानाङ्गाले भने ।

सनिवार देवी प्रतिभा,आचार्य शितल कृष्ण महाराज लगायतले कथा प्रवचन गरेका थिए ।

प्रकाशित मिति २०८२ वैशाख ७ गते आइतबार १०:११
हजुरको प्रतिक्रिया