महायज्ञ सफल बनाउनु सबै पाेखरेलीकाे जिम्मेबारी- वडाध्यक्ष प्रधानाङ्ग
पाेखरा ।
पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा जारी गण्डकी कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा आयोजित श्रीमद्भागवत कथा प्रवचनको कार्यक्रममा स्थानीयकाे उपस्थिति बाक्लिँदै गएकाे छ ।
काेटिहाेममा श्रद्वालु भक्तजन, साधुसन्त, स्थानीय लब्धप्रतिष्ठित तथा स्थानीय नेताहरूकाे समेत उपस्थिती बढेकाे मानव सेवा फाउण्डेसनले जनाएकाे छ ।

सनिवार देवी प्रतिभाले कथा प्रवचन सुरु गरेको पहिलो दिन प्रमुख अतिथीको रुपमा पोखरा महानगरपलिका वाड नं. २ का वडा अध्यक्ष दिवशमान प्रधानाङ्ग उपस्थित रहे । वडा अध्यक्ष दिवशमान प्रधानाङ्गले पोखराको कोटिहोम महायज्ञ उपयुक्त स्थानमा सञ्चालन भएको उल्लेख गरे । प्रधानाङ्गले धार्मिक अनुष्ठानले पोखराबासीको पहिचानलाई थप बलियो बनाएको एवं धार्मिक पर्यटन प्रवर्द्वनमा महायज्ञले सघाउ पुर्याएकाे बताए । “गण्डकी कोटिहोम महायज्ञ सफल बनाउनु सबै पाेखरेलीकाे जिम्मेबारी हो” अध्यक्ष प्रधानाङ्गाले भने ।
सनिवार देवी प्रतिभा,आचार्य शितल कृष्ण महाराज लगायतले कथा प्रवचन गरेका थिए ।
प्रकाशित मिति २०८२ वैशाख ७ गते आइतबार १०:११




