२०८३ असोज २५ गते आइतबार

‘जानकी जन्मोत्सव’लाई ‘राष्ट्रिय पर्व’ घोषणा गरी देशभर सार्वजनिक बिदा दिन माग

‘जानकी जन्मोत्सव’लाई ‘राष्ट्रिय पर्व’ घोषणा गरी देशभर सार्वजनिक बिदा दिन माग

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख ८ गते सोमबार ०९:५८

यस पटक वैशाख २३ गते परेको पर्वलाई राष्ट्रिय पर्व घोषणा गरी देशभर सार्वजनिक बिदा दिन उनले प्रधानमन्त्री, गृहमन्त्री तथा संस्कृति तथा पर्यटन मन्त्रीसमक्ष ज्ञापनपत्रमार्फत आग्रह गरेका छन् ।

जनकपुर ।

श्री रामानन्दीय श्री वैष्णव संघ, जनकपुरधामले जानकी जन्मोत्सवलाई राष्ट्रिय पर्व घोषणा गरी सार्वजनिक विदा दिन माग गर्दै प्रमुख जिल्ला अधिकारीको कार्यालय धनुषामा ज्ञापनपत्र बुझाएको छ ।

आईतबार जानकी मन्दिर जनकपुरधामका महन्त रामरोशन दास वैष्णवसहितको टोलीले जानकी जन्मोत्सवलाई राष्ट्रिय पर्व घोषणा गरी देशभर सार्वजनिक बिदा दिन माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।

महन्त वैष्णवले विश्व सम्पदाको सूचीमा रहेको जनकपुरधाममा सीताको जन्मोत्सव मनाइने भएकाले विश्व स्तरमा अलग पहिचान भएको बताए । उनले विश्व समुदायमा नेपालको पहिचान गराउने पर्व सीताको जन्मोत्सव भएको बताए ।

विश्वका सनातनीले मनाउने पर्व भएकाले सीता जन्मोत्सवलाई राष्ट्रिय पर्वको रुपमा स्थापित गर्नुपर्ने उनको भनाइ छ ।

यस पटक वैशाख २३ गते परेको पर्वलाई राष्ट्रिय पर्व घोषणा गरी देशभर सार्वजनिक बिदा दिन उनले प्रधानमन्त्री, गृहमन्त्री तथा संस्कृति तथा पर्यटन मन्त्रीसमक्ष ज्ञापनपत्रमार्फत आग्रह गरेका छन् ।

उनले भने, ‘हामीहरु नेपाल सरकारलाई यहाँको जिल्ला प्रशासन कार्यालय धनुषामा गएर एउटा ज्ञापन पत्र चढाएर प्रधानमन्त्रीज्यूलाई, गृहमन्त्रीज्युलाई, विदेशमन्त्रीज्युलाई, पर्यटन तथा संस्कृति मन्त्रीज्युलाई संघीय सरकारमा ज्ञापनपत्रमार्फत निवेदन चढाउँछु । र जनकपुरधामबासी जतिपनि हाम्रो सनातनीलगायतलाई के आग्रह गर्दछु भने हाम्रो देशलाई परिचित गराउने विश्व सम्पदाको पर्व सीताको जन्मस्थल जनकपुरधामबाट यो पर्व मनाउँदै आएको हुनाले यो राष्ट्रिय पर्वमा स्थापित हुनलाई तपाईं हामी सम्पूर्ण मिलेर जोडदार माग गर्दै राष्ट्रिय पर्व होस् र त्यो दिन संघीय सरकारमा बिदा होस् भन्नलाई म यो सम्पूर्ण साधु समाज र जनकपुरधामको तर्फबाट संघीय सरकारमा हामी जोडदार माग गर्दछु ।’

महन्त वैष्णवले जानकी जन्मोत्सवलाई राष्ट्रिय पर्व घोषणा गर्नु मातृशक्तिको सम्मानमा ऐतिहासिक निर्णय हुने बताए । राष्ट्रिय पर्वमा सार्वजनिक बिदा दिने परम्परा भएकाले जानकी जन्मोत्सवमा बिदा दिनु न्यायोचित हुने उनको भनाइ छ ।

उनले जानकी जन्मोत्सवले राष्ट्रिय एकता तथा देशको पहिचान झल्काएको जिकिर गरे ।

उनले भने, ‘यस दिन बिदा तथा पर्व घोषणा गर्नु केवल एक सांस्कृतिक कर्तव्य नभइ यो राष्ट्रप्रति मातृशक्तिको सम्मान गर्ने ऐतिहासिक निर्णय पनि हुनेछ । नेपाल सरकारले विगतमा राष्ट्रिय एकता र पहिचान झल्काउने पर्वहरुमा बिदा दिँदै आएको सन्दर्भमा जानकी जन्मोत्सव जस्तो सद्भाव, समानता र समर्पणको प्रतीकको पर्वमा बिदा दिनु न्यायोचित हुनेछ ।’

महन्त वैष्णवले जनकपुरधाम जनकपुत्री सीता मिथिलाको सभ्यता मात्रै नभइ विश्वभरका सम्पूर्ण हिन्दु सभ्यताको केन्द्रिय श्रद्धास्थल भएको उल्लेख गरे ।

 

 

प्रकाशित मिति २०८२ वैशाख ८ गते सोमबार ०९:५८
हजुरको प्रतिक्रिया