२०८३ असोज २७ गते मंगलबार

नवनियुक्त शिक्षामन्त्री पन्तको शपथ ग्रहण आज, आजैदेखि कार्यभार सम्हाल्ने

नवनियुक्त शिक्षामन्त्री पन्तको शपथ ग्रहण आज, आजैदेखि कार्यभार सम्हाल्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख ११ गते बिहीबार ०९:५३

एमाले सांसद विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले एमालेकै पन्तलाई शिक्षामन्त्री पदमा नियुक्त गरेका हुन् ।

काठमाडौं ।

नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।

उनलाई आज अपराह्न ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा शपथ ग्रहण गराउने कार्यक्रम छ ।

एमाले सांसद विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले एमालेकै पन्तलाई शिक्षामन्त्री पदमा नियुक्त गरेका हुन् ।

पद तथा गोपनीयताको शपथ ग्रहण पछि पन्तले आजैदेखि कार्यभार सम्हाल्ने छन् ।

पन्तले अहिले शिक्षामन्त्रीको जिम्मेवारी पाउँदा ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) भने बर्खास्त भएका छन् ।

गत असार ३१ गते बनेको ओली नेतृत्वको सरकार १० महिनापछि बुधबार पुनर्गठन भएको थियो ।

प्रकाशित मिति २०८२ वैशाख ११ गते बिहीबार ०९:५३
हजुरको प्रतिक्रिया