२०८३ असोज २४ गते शनिबार

बढ्यो सुनको भाउ, चाँदी पनि बढ्यो

बढ्यो सुनको भाउ, चाँदी पनि बढ्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख ११ गते बिहीबार ११:४१

काठमाण्डौ । बिहीबार सुनको भाउ सामान्य बढेको छ । सुनको भाउ दुई सय रुपैयाँले बढेर तोलाको एक लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुनको भाउ एकैदिन तोलामा सात हजार पाँच सय रुपैयाँले...

काठमाण्डौ ।

बिहीबार सुनको भाउ सामान्य बढेको छ । सुनको भाउ दुई सय रुपैयाँले बढेर तोलाको एक लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुनको भाउ एकैदिन तोलामा सात हजार पाँच सय रुपैयाँले घटेर एक लाख ९० हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी बिहीबार चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ ४५ रुपैयाँले बढेर तोलाको दुई हजार १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदीको भाउ तोलाको एक हजार नौ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति २०८२ वैशाख ११ गते बिहीबार ११:४१
हजुरको प्रतिक्रिया