२०८३ साउन २१ गते बिहीबार

बागलुङमा पार्किङ गरेको डोजरमा आगलागी

बागलुङमा पार्किङ गरेको डोजरमा आगलागी

डम्मर बुढा मगर

@Public 4K Tv

२०८२ वैशाख १३ गते शनिबार ०८:४८

बायखोला–झिम्पा–निसी सडकको काम गरि रहेको डोजरमा आगलागी भएपछि कामसमेत प्रभावित भएको छ । डोजरमा कसले किन अगाजनी ग¥यो भन्ने नखुलेको प्रहरी निरीक्षक बस्नेतको भनाइ छ ।

बागलुङ ।

बागलुङको निसीखोलामा डोजरमा लागलागी भएको छ ।

जिल्लाको निसीखोला गाउँपालिका–५ काफलठुँटामा पार्किङ गरेर राखेको बुर्तिबाङका भीम गौतमको डोजरमा शुक्रबार राति साढे १० बजे आगलागी भएको हो ।

आगलागीबाट डोजरमा पूर्ण रुपमा क्षति भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक आनन्द बस्नेतले जानकारी दिए ।

बायखोला–झिम्पा–निसी सडकको काम गरि रहेको डोजरमा आगलागी भएपछि कामसमेत प्रभावित भएको छ । डोजरमा कसले किन अगाजनी ग¥यो भन्ने नखुलेको प्रहरी निरीक्षक बस्नेतको भनाइ छ ।

डोजरको सिसा, रबर लगाएत अधिकांश भाग जलेर नष्ट भएको उनले जानकारी दिए । डोजरमा आगनी गर्नेको खोजी कार्यभइरहेको बस्नेतले बताए ।

डोजर नयाँ भएको हुँदा अहिलेसम्म नम्बर पत्ता नलागेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०८२ वैशाख १३ गते शनिबार ०८:४८
हजुरको प्रतिक्रिया