२०८३ असोज २४ गते शनिबार

ललितपुर सिटी एफसीले जित्यो नेपाल सुपर लिग (एनएसएल)को उपाधि

ललितपुर सिटी एफसीले जित्यो नेपाल सुपर लिग (एनएसएल)को उपाधि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख १४ गते आइतबार ०९:१३

त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा हिजो भएको फाइनल खेलमा पोखरा थन्डर्सलाई २–१ गोलले हराउँदै ललितपुरले दोस्रो पटक उपाधि उचालेको हो ।

पोखरा ।

तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) २०२५ को उपाधि ललितपुर सिटी एफसीले जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा हिजो भएको फाइनल खेलमा पोखरा थन्डर्सलाई २–१ गोलले हराउँदै ललितपुरले दोस्रो पटक उपाधि उचालेको हो ।

ललितपुरको जितका लागि इमोह इजाकियल र पापा इबाउ केबेले गोल गरे । ललितपुरले खेलको ४२औं मिनेटमा अग्रता बनाएको थियो ।

खेलको ६३औं मिनेटमा पोखराले एक÷एकको बराबरी ग¥यो । खेलको ७४औं मिनेटमा ललितपुरले गोल थप्यो ।

त्यसपछि पोखरा खेलमा फर्कन नसक्दा ललितपुर २–१ ले विजेता बन्यो ।

ललितपुरले लिग चरणको शुरूवातमा काठमाडौंँसँग २–२ को बराबरी खेलेको थियो । त्यसपछि पोखरामाथि ३–२ को जित निकाल्यो, धनगढीसँग गोलरहित बराबरी, चितवनमाथि २–१, बुटवलविरुद्ध २–० को जित र झापासँग १–१ को बराबरी खेल्दै प्रतियोगितामा अपराजित रहंदै च्याम्पियन बनेको हो ।

३ जित र ३ बराबरीसहित १२ अंक जोड्दै ललितपुर अंक तालिकाको शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेको थियो । ललितपुरले धनगढीलाई २–१ ले हराउँदै फाइनल यात्रा तय गरेको थियो ।

पोखराले भने लिग चरणको शुरुवात चितवनसँग २–० को हारबाट गरेको थियो ।

त्यसपछि ललितपुरसँग ३–२ ले पराजित हुँदा काठमाडौँमाथि २–० को जितले पुनरागमन गर्दै धनगढीसँग गोलरहित बराबरी र झापासँग १–१ गोलको बराबरी खेलेपछि बुटवलमाथि २–० को जित निकालेको थियो ।

२ जित, २ बराबरी र २ हारसहित पोखराले ८ अंक जोड्दै गोलअन्तरको आधारमा काठमाडौँलाई पछि पार्दै पोखरा प्लेअफमा पुग्ने चौथो टोली बनेको थियो । एलिमिनेटरमा चितवनसँग लिग चरणमा भोगेको हारको बदला लिँदै ३–० को जित निकाल्यो ।

दोस्रो क्वालिफायरमा धनगढीलाई १–० ले हराउँदै पोखराले फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

जितसँगै ललितपुरले नगद ८० लाख रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता पोखराले ३० लाख रुपैयाँ प्राप्त गरेको छ ।

 

प्रकाशित मिति २०८२ वैशाख १४ गते आइतबार ०९:१३
हजुरको प्रतिक्रिया