२०८३ साउन २१ गते बिहीबार

शिक्षक र प्रहरीबीच झडप, १५ जना घाइते

शिक्षक र प्रहरीबीच झडप, १५ जना घाइते

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख १४ गते आइतबार ०१:४३

काठमाडौं। आन्दोलनरत शिक्षक र प्रहरीबीच बिजुलीबजार–नयाँबानेश्वर सडक खण्डमा झडप भएको छ । आन्दोलनको २६औं दिनमा शिक्षकले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो । शिक्षकहरूले संसद भवनतर्फ अघि बढ्न खोज्दा प्रहरीले...

काठमाडौं।

आन्दोलनरत शिक्षक र प्रहरीबीच बिजुलीबजार–नयाँबानेश्वर सडक खण्डमा झडप भएको छ ।

आन्दोलनको २६औं दिनमा शिक्षकले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो । शिक्षकहरूले संसद भवनतर्फ अघि बढ्न खोज्दा प्रहरीले रोक्न खोजेको थियो । सोही क्रममा तनाव बढेको हो । आक्रोशित भिडबाट प्रहरीमाथि ढुंगामुढा प्रहार भएको थियो ।

अहिले बानेश्वर क्षेत्रको अवस्था तनावपूर्ण छ । प्रहरीले शिक्षकहरुमाथि पानीको फोहोरा हानेर भिड तितरवितर पारेको छ । प्रदर्शनमा घुसपैठ भएको शिक्षकहरुले दाबी गरेका छन् । झडप हुँदा १५ जना घाइते भएको जनाइएको छ ।

आन्दोलनको क्रममा घाइते भएका शिक्षकलाई उपचारको लागि सिभिल अस्पतालमा लगिएको शिक्षक महासंघले जनाएको छ ।

शिक्षक र कर्मचारीमैत्री ऐन जारी गर्न माग गर्दै शिक्षकहरुले गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन् । उनीहरुले चैत २५ गतेदेखि शैक्षिक आमहड्ताल घोषणा समेत गरेका छन् । सरकारी शिक्षकहरुको आन्दोलन निरन्तर जारी भएकाले नयाँ शैक्षिक सत्रको भर्ना अभियान, एसईईको उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को वार्षिक परीक्षा समेत प्रभावित भएको छ । वैशाख ११ गते हुने भनिएको कक्षा १२ को परीक्षा वैशाख २१ गतेसम्मका लागि स्थगित गरिएको छ ।

प्रकाशित मिति २०८२ वैशाख १४ गते आइतबार ०१:४३
हजुरको प्रतिक्रिया