२०८३ असोज २७ गते मंगलबार

संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै

संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख १५ गते सोमबार ०८:५८

काठमाडौं । संघीय संसदअन्तर्गत सोमबार प्रतिनिधि सभाको बैठक बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरुमा सदस्यहरुको नाम हेरफेर गर्नेछन् भने प्रधानमन्त्री के.पी. शर्मा ओलीले...

काठमाडौं ।

संघीय संसदअन्तर्गत सोमबार प्रतिनिधि सभाको बैठक बस्दैछ ।

बिहान ११ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरुमा सदस्यहरुको नाम हेरफेर गर्नेछन् भने प्रधानमन्त्री के.पी. शर्मा ओलीले नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/८० र २०८०/८१ पेश गर्नेछन् ।

त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । साथै उनले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि रहेको छ ।

प्रकाशित मिति २०८२ वैशाख १५ गते सोमबार ०८:५८
हजुरको प्रतिक्रिया