२०८३ साउन २१ गते बिहीबार

शिक्षक आन्दोलनमा सरकारले दमन गरेको माओवादीको आरोप

शिक्षक आन्दोलनमा सरकारले दमन गरेको माओवादीको आरोप

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख १५ गते सोमबार ०१:२०

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले शान्तीपूर्ण आन्दोलन गरिरहेका शिक्षकहरूको आन्दोलनमा सरकारले दमन गरेको भन्दै त्यसको भत्र्सना गरेको छ । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद जनार्दन शर्माले शिक्षकहरूका...

काठमाडौं ।

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले शान्तीपूर्ण आन्दोलन गरिरहेका शिक्षकहरूको आन्दोलनमा सरकारले दमन गरेको भन्दै त्यसको भत्र्सना गरेको छ ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद जनार्दन शर्माले शिक्षकहरूका माग सम्बोधन गर्नुको सट्टा सरकारले दमन गरिरहेको आरोप लगाएका छन् । सरकारले शिक्षकका माग पूरा गर्नुको सट्टा किन दमन गरिरहनुभएको छ ? उनको प्रश्न छ । उनले पुराना ऐन र कानूनहरुको कारण संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा बाधा पुगेको उल्लेख गरे । वर्तमान सरकारले शिक्षकका मागहरु सम्बोधन गरेर जानुपर्ने बेलामा तीन वटा सरकारले गरेका सम्झौताहरु कार्यान्वयन नगर्ने र धोका दिने काम गरिरहेको समेत उनको आरोप थियो ।

शिक्षकहरुका जायज मागहरु तत्काल सम्बोधन गर्न उनले सरकारको ध्यानाकर्षण गरेका थिए ।

प्रकाशित मिति २०८२ वैशाख १५ गते सोमबार ०१:२०
हजुरको प्रतिक्रिया