२०८३ साउन २१ गते बिहीबार

व्यवसाय प्रर्वद्धन केन्द्र र नेपाली युवा उद्यमी मञ्च पोखराको ‘लिडर आइडियाज फ्रम पोखरा’

व्यवसाय प्रर्वद्धन केन्द्र र नेपाली युवा उद्यमी मञ्च पोखराको ‘लिडर आइडियाज फ्रम पोखरा’

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख १७ गते बुधबार ०२:१३

पोखरा नेपाली युवा उद्यमी मञ्चले क्यानाडा स्थित वेस्टर्न विश्वविद्यालय संग सहकार्य गरी आईभि बिजनेश स्कुलका विद्यार्थीद्धारा संचालित ‘लिडर प्रोजेक्ट’ २०१६ देखि निरन्तर सञ्चालन गर्दै आईरहेको छ जस अन्तर्गत नेपाली युवा उद्यमी...

पोखरा

नेपाली युवा उद्यमी मञ्चले क्यानाडा स्थित वेस्टर्न विश्वविद्यालय संग सहकार्य गरी आईभि बिजनेश स्कुलका विद्यार्थीद्धारा संचालित ‘लिडर प्रोजेक्ट’ २०१६ देखि निरन्तर सञ्चालन गर्दै आईरहेको छ जस अन्तर्गत नेपाली युवा उद्यमी मञ्च पोखरा च्यापटरले यस बर्ष पोखरा महानगरपालिकाको व्यबसाय प्रब्रदन केन्द्रसंगको साझेदारीमा दोस्रो पटक ‘लिडर आइडियाज फ्रम पोखरा’ भन्ने शीर्षकामा यस कार्यक्रमलाई आयोजना गरेको छ । कार्यक्रम बैशाख, १५ गते सुरु भैइ बैशाख, २६ गते १२ दिन सम्म सञ्चालन हुनेछ र कार्यक्रममा ४० जना बिधार्थिहरुको सहभागिता रहेको छ ।

कार्यक्रमको प्रमुख उदेश्य अनुरुप बिजनेश प्रशिक्षण मार्फत उधमशिलता तथा आर्थिक बिकासमा सघाउनु हो। ‘लिडर प्रोजेक्ट’ मा संलग्न सबै प्रशिक्षकहरु, विश्व प्रसिद्ध आईभि बिजनेस स्कुलको बिशिष्ट प्रकारको केस(अध्ययन प्रणालीबाट पढाउने प्रशिक्षण पाएका र कार्यक्रममा प्रयोग गरिएका पाठ्यक्रमहरु बिश्वस्तरिय रहेको यस प्रोजेक्टका संयोजक तथा मञ्चका कार्यसमिती सदस्य प्रतिक राज पहारीले बताए । आईभि बिजनेश स्कुलले अन्र्तराष्ट्रिय स्तरमा नेपाल लगायत अन्य सात वटा देशहरुमा पनि आफ्ना विद्यार्थीहरु ‘लिडर प्रोजेक्ट’ मार्फत प्रशिक्षकका रुपमा पठाउने गरेको छ ।

‘लिडर आइडियाज फ्रम पोखरा’ को अन्तिम चरणमा, कार्यक्रमका सहभागीहरुले आफ्नो आफ्नो बिजनेश योजनाहरु, प्यानलको अगाडि प्रस्तुत गर्नेछ्न । सो प्यानलमा उद्योग बिषेशज्ञहरु, उद्यमीहरु र यस प्रोजेक्ट का एल्मनि सदस्यहरुको संलग्नता रहने छ भने प्यानलद्वारा घोषित उत्कृष्ट बिजनेश योजना बनाउने पहिलो, दोस्रो, तेस्रो र चौथो समूहरुलाई क्रमाशैरुपमा प्रोत्साहन स्वरुप नगद ५१ हजार, ४१ हजार, ३१ हजार र २१ हजार प्रदान गरिने व्यबसाय प्रब्रदन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले जानकारी दिए।

आयोजक व्यवसाय प्रबर्धन केन्द्र बिजनेस प्रमोशन सेन्टर, पोखरा महानगरपालिका अन्तर्गत सञ्चालित एक इकाई हो जसको उद्देश्य नवप्रवर्तन, उद्यमशीलता र स्वरोजगारलाई प्रवर्द्धन गर्नु हो। यो केन्द्रले युवा, एकल महिला, फर्किएका वैदेशिक रोजगारिहरू, अपाङ्गता भएका व्यक्तिहरू लगायतलाई व्यवसायिक तालिम, व्यवसाय योजना निर्माण, बजार पहुँच, वित्तीय पहुँच, दर्ता सहयोग, प्राविधिक सहायता र नवप्रवर्तनमा सहजीकरण प्रदान गर्दछ। यसले स्थानीय उद्यमहरूलाई सशक्त बनाउने, आर्थिक विकासमा टेवा पुर्‍याउने, र भविष्यका उद्यमीहरूलाई तयार पार्ने कार्य गर्दछ। यो समावेशी र दीगो आर्थिक विकासको दिशामा केन्द्रित छ यसै अनुरुप सहकार्य गरिएको पोखरा महानगर पालिकाका आर्थिक बिकास महाशाखा प्रमुख मनहर कडारियाले बताए ।

त्यस्तै गरी आयोजक नेपाली युवा उद्यमी मञ्च पोखराका अध्यक्ष विषेश थापाले, उद्यमशिलतामा सकारात्मक सोच ल्याउने उदेश्य सहित कार्यक्रम आयोजना गरिएको र संस्थाको उदेश्य अनुरुप युवा उद्यमी उत्पादन गर्ने, उनीहरुलाई प्लेटफर्म दिने, युवाहरुलाई उद्यमशीलतातर्फ लाग्न प्रेरित गर्न यस कार्यक्रमले सहयोग गर्ने अपेक्षा रहेको बताए ।

यस संस्थाले युवा उद्यमीहरुबीच उद्यमशीलता सम्बन्धी आईडिया एक्सचेञ्ज गर्ने गर्नुका साथै शिक्षा, तालिम र फेलोसीपलगायतका कार्यहरु गर्दै आएको छ । संस्थामा देशका १४ वटा सहरका ८ सय भन्दा बढी युवा उद्यमीहरु आबद्ध छन् ।

प्रकाशित मिति २०८२ वैशाख १७ गते बुधबार ०२:१३
हजुरको प्रतिक्रिया