२०८३ कात्तिक १० गते सोमबार

फेवातालकाे अध्ययन प्रतिवेदन प्रधानमन्त्रीकहाँ पुग्याे

फेवातालकाे अध्ययन प्रतिवेदन प्रधानमन्त्रीकहाँ पुग्याे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ भदौ २९ गते सोमबार ०४:२५

पोखरा, २९ भदौ । फेवातालकाे मापदण्ड लगायत अन्य विषयमाथी गरिएकाे अध्ययन प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओली समक्ष पुगेको छ । पोखरा महानगरपालिकाले नापी कार्यालय कास्कीको सहयोगमा फेवाताल सम्बन्धी तयार पारेको विस्तृत अध्ययन...

पोखरा, २९ भदौ । फेवातालकाे मापदण्ड लगायत अन्य विषयमाथी गरिएकाे अध्ययन प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओली समक्ष पुगेको छ । पोखरा महानगरपालिकाले नापी कार्यालय कास्कीको सहयोगमा फेवाताल सम्बन्धी तयार पारेको विस्तृत अध्ययन प्रतिवेदन सोमबार पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्रस्तुत गरेका छन ।

फेवातालको एैतिहासिक पृष्ठभूमिदेखि वर्तमान अवस्थितिलाई प्रतिवेदनमा समेटिएको नगरप्रमुख जिसीका प्रेस संयोजक माधव बरालले उल्लेख गरेका छन । फेवाताल सम्बन्धी मापदण्ड क्षेत्रमा पर्ने जग्गाको विवरण, भौतिक संरचना र अनुमानित मुआब्जालाई समेत प्रतिवदेनमा उल्लेख गरिएको छ । सर्वोच्च अदालतको फेवाताल सम्बन्धी फैसला कार्यान्वयन तथा फेवातालको दीर्घकालीन संरक्षणका लागि पोखरा महानगरपालिकाले उक्त अध्ययन प्रतिवेदन तयार पारेको हो ।

प्रतिवेदन हस्तान्तरण कार्यक्रममा गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ, पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत महेश बराल, नापी कार्यालय कास्कीका प्रमुख खिमराज गौतम लगायतको उपस्थिति रहेको थियो ।

फेवातालकाे क्षेत्रातिक्रमण, मापदण्ड तथा बर्षेनी आउने बाढिका कारण बढेको जोखिम न्युनिकरण र फेवातालकाे संरक्षणमा राष्ट्रिय स्तरबाटै कुनै पहल हुनुपर्ने माग भइरहेको बेला मेयर जिसीले सो प्रतिवेदन प्रधानमन्त्री समक्ष प्रस्तुत गरेका छन् ।

प्रकाशित मिति २०७७ भदौ २९ गते सोमबार ०४:२५
हजुरको प्रतिक्रिया