काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले थाकेको अल्छी सरकारले बासी नीति तथा कार्यक्रम ल्याएको आरोप लगाएका छन् ।
आगामी आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रमका बारेमा संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो आरोप लगाएका हुन् ।
उनले विगतका सरकारले ल्याएको तर फेल भइसकेका कार्यक्रमहरु सरकारले दोहो¥याएको बताए । उनले नीति तथा कार्यक्रमलाई हावादारी कार्यक्रमको संज्ञा पनि दिएका छन् ।
उनले संसारमा भएका विभिन्न परिस्थितिप्रति सरकार बेखबर जस्तो भएर नीति तथा कार्यक्रम ल्याएको बताए ।
राष्ट्रपतिको स्वास्थ्यलाई ख्याल गरेर सरकारले छोटो नीति तथा कार्यक्रम प्रस्तुत गर्नु सकारात्मक पक्ष भएको भन्दै उनले व्यंग्य समेत गरे ।
उनले भने, ‘एकदमै थाकेको अल्छि सरकारले ल्याएको बासी कार्यक्रम हो । सबै फेल भइसकेका कार्यक्रमहरु दोहो¥याएएको छ । भुमि बैंकदेखि लिएर अन्य । नयाँ कुरा केही पनि छैन । अहिलेका प्रधानमन्त्रीज्यु २०७४ सालमा दुई तिहाइ सरकारको नेतृत्व गर्दै कम्तीमा पनि हावादारी कार्यक्रमहरुको पनि इम्याजिनेशन थियो क्या कल्पनाशिलता थियो, अहिले त हावादारी कार्यक्रमको पनि कल्पनाशितला देखिएन । यत्रो उथलपुथल भइरहेको छ, प्रशान्त महासागरको टापु जस्तो हामी चाहीँ देश दुनियाँमा के के भइरहेको छ भन्ने बारे कम्ल्पिएट्ली निरपक्ष अनभिज्ञनै भएर ल्याइएको जस्तो । अलगै दुनियाँमा छौँ जस्तो केही मतलवै छैन जस्तो भाछ । यसपाली मलाई खुशी चाहीँ के लागेको छ भने पोहोर २ सय भन्दा बुँदा राखेर विचरा बिरामी राष्ट्रपतिलाई सकस दिएको थियो यसपाली उहाँको सुस्वास्थ्यको ख्याल राखेर अलि छोटो ल्याउनु भयो राम्रो पक्ष त्यतिमात्रै हो ।’
सांसद वाग्लेले सरकारले ल्याएको नीति तथा कार्यक्रमका बारेमा आगामी सोमवारको संसद बैठकमा आफ्नो कुरा राख्ने बताए ।
प्रकाशित मिति २०८२ वैशाख २० गते शनिबार ०९:१७




