२०८३ असोज २४ गते शनिबार

राष्ट्रिय हक्की प्रतियोगिताअन्तर्गत महिलातर्फ गण्डकी प्रदेशको दोस्रो जित

राष्ट्रिय हक्की प्रतियोगिताअन्तर्गत महिलातर्फ गण्डकी प्रदेशको दोस्रो जित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख २० गते शनिबार ०९:२५

राउण्ड रोबिन लिगको आधारमा भैरहेको महिलातर्फको प्रतियोगितामा गण्डकीको यो दोस्रो जित हो ।
लिगपछि शिर्ष दुई स्थानमा रहने टिमबीच उपाधि भिडन्त हुनेछ । लिगमा दुई जित निकाल्दै गण्डकीले फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

लिगमा दुई जित निकाल्दै गण्डकीले फाइनलमा पुग्ने सम्भावना बलियो बनायो

पोखरा ।

गण्डकी प्रदेशले राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगितामा महिलातर्फ दोस्रो जित निकालेको छ ।

ललितपुरको च्यासल फुटबल मैदानमा शुक्रबार भएको महिलातर्फको खेलमा गण्डकीले मधेश प्रदेशलाई २–१ ले हराएको हो । गण्डकीको जितमा मौयुरी राईले दुई गोल गरिन् । उनी प्लेअर अफ दी म्याच भइन् ।

मधेसकी गीताकुमारी मिर्निनचिङले एक गोल फर्काए पनि हार टार्न सकिनन् । राउण्ड रोबिन लिगको आधारमा भैरहेको महिलातर्फको प्रतियोगितामा गण्डकीको यो दोस्रो जित हो ।

महिलामा त्रिभूवन आर्मी क्लव, गण्डकी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेश गरी चार टोलीले मात्र प्रतिष्पर्धा गरिरहेका छन् ।

लिगपछि शिर्ष दुई स्थानमा रहने टिमबीच उपाधि भिडन्त हुनेछ । लिगमा दुई जित निकाल्दै गण्डकीले फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

बिहीबार पहिलो खेलमा गण्डकीले वागमती प्रदेशलाई २–१ गोलले हराएको थियो । मधेसको भने दोस्रो हारपछि लिगमा शिर्ष दुई स्थानमा पुग्ने सम्भावना कमजोर भएको छ ।

मधेसले पहिलो खेलमा आर्मीसँग ७–० को हार सामना गरेको थियो । शुक्रबार नै पुरुषततर्फ आर्मी र कर्णाली प्रदेशले जित निकालेका छन् ।

नेपाल हक्की संघको आयोजनामा जारी प्रतियोगितामा समूह ‘ए’ मा रहेको आर्मीले मधेस प्रदेशमाथि १०–१ को जित निकालेको हो ।

आर्मीको जितमा मनोज चौधरीले ह्याट्रिक पूरा गरे । आर्मीको यो दोस्रो जित हो भने मधेसले दोस्रो हार सामना ग¥यो ।

आर्मीले पहिलो खेलमा गण्डकीलाई हराएको थियो । मधेसले भने कोसीसँग हार सामना गरेको थियो ।

पुरुषमा लिगकम नकआउटका आधारमा प्रतिष्पर्धा भइरहेको छ । समूह ‘ए’ मा आर्मी र गण्डकीसँगै मधेस र कोशी प्रदेश छन् ।

शुक्रबार नै भएको समूह ‘बी’ को खेलमा कर्णालीले वागमती प्रदेशलाई २–१ ले हरायो । कर्णालीको जितमा प्रेम भण्डारी र जिवा रावतले समान एक गोल गरे । कर्णालीका सुशान्त रावत प्लेअर अफ दी म्याच भए ।

प्रकाशित मिति २०८२ वैशाख २० गते शनिबार ०९:२५
हजुरको प्रतिक्रिया