२०८३ साउन २१ गते बिहीबार

युराे २०२०- के ! इंग्ल्याण्डले इतिहास रच्ला ?

युराे २०२०- के ! इंग्ल्याण्डले इतिहास रच्ला ?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ असार २० गते आइतबार १२:१२

पोखरा । युरोकप २०२० को सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार सम्पन्न अन्तिम दुई क्वाटरफाइनल खेलपछि सेमिफाइनलमा खेल्ने चारवटै टोलीको टुङ्गो लागेको हो हो । शनिबार रातिको खेलमा डेनमार्कले चेक रिपब्लिकलाई २-१ ले र इंग्ल्याण्डले युक्रेनलाई...

सेमिफाइनलमा स्पेनसँग इटली भिड्दा, डेनमार्कविरुद्द इंग्ल्याण्डकाे भाग्य परिक्षा

पोखरा । युरोकप २०२० को सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार सम्पन्न अन्तिम दुई क्वाटरफाइनल खेलपछि सेमिफाइनलमा खेल्ने चारवटै टोलीको टुङ्गो लागेको हो हो ।

शनिबार रातिको खेलमा डेनमार्कले चेक रिपब्लिकलाई २-१ ले र इंग्ल्याण्डले युक्रेनलाई ४-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन् ।

यी दुई टोली नै दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । यस्तै त्यसअघि पहिलो सेमिफाइनलमा इटली र स्पेन भिड्नेछन् । इंग्ल्याण्डबाहेक बाँकी तीन टिम युरोकपको पूर्व विजेता हुन् ।

इटली र स्पेनबीचको खेल जुलाई ६ तथा इग्ल्याण्ड र डेनमार्कबीचको खेल जुलाई ७ मा हुनेछ ।

दुवै खेल फरक-फरक दिन राति १२ : ४५ बजे बेलायतको लण्डनस्थित वेम्वली स्टेडियममा हुनेछन् ।

दुई सेमिफाइनल विजेताले उपाधिका लागि जुलाई ११ मा फाइनल खेल्नेछन् ।

प्रकाशित मिति २०७८ असार २० गते आइतबार १२:१२
हजुरको प्रतिक्रिया