२०८३ साउन २१ गते बिहीबार

पोखरामा धोबीघाट मेलोडी माथि परिचर्चा

पोखरामा धोबीघाट मेलोडी माथि परिचर्चा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख २७ गते शनिबार ०५:२४

उनकाअनुसार प्रश्न सोधेपछी त्यसमा हेर्ने दृष्टिकोणमा पृथकता आउँनेछ जसले लेखकलाई अझ गहन भएर लेख्न समेत प्रभावित गराउँदछ ।

पोखरा ।

निबन्धकार मुकुन्दराज शर्माको निबन्ध सङग्रह ‘धोबीघाट मेलोडी’ माथी पोखरामा परिचर्चा कार्यक्रम गरिएको छ ।

र्या‍न्डम रिडर्स सोसाइटी नेपालको आयोजनामा रिडर्स कर्नरमा शनिबार बिहान परिचर्चा कार्यक्रममा सञ्चारकर्मी रघुनाथ वाग्लेले परिचर्चा गर्दै आफ्नो अवधारणा समेत प्रस्तुत गरेका थिए ।

परिचर्चाकार वाग्लेले धोबीघाट मेलोडी एक जीवन मेलोडी भएको बताए । उनले उक्त पुस्तकमा भएको सबै निबन्धले सशक्त सन्देश बोलेको र पाठकलाई जीवन जिउन सिकाउने खालको रहेको उल्लेख गरे ।

कामना पब्लिकेसनद्वारा प्रकाशित पुस्तक माथि भएको परिचर्चा कार्यक्रममा साहित्यकार शर्माले आफुलाई प्रश्न आएपछि मात्रै सफल भएको महसुुस गरेको सुनाए । वास्तवमै निबन्ध लेखन चिया गफ भएको र त्यो चिया गफ सामान्य नरहेको सुनाउँदै उनले आफुले गीति संग्रह निकाल्ने तयारी गर्दा गर्दै निबन्ध संग्रह निकालेको बताए ।

उनकाअनुसार प्रश्न सोधेपछी त्यसमा हेर्ने दृष्टिकोणमा पृथकता आउँनेछ जसले लेखकलाई अझ गहन भएर लेख्न समेत प्रभावित गराउँदछ । निवन्ध मार्फत उनले जीवन सुरमा पनि र वेसुरमा हुने कुरा दर्शाएका छन् ।

साहित्यकार शरुभक्तले निबन्धमा लेखक बढी स्वतन्त्र हुने सुनाउँदै पछिल्लो समय नेपालको संविधानले दिएको स्वतन्त्र मुख छाड्ने स्वतन्त्र रहेको स्पष्ट पारे । उनले एक साहित्यकारलाई आफ्नो नैतिकतामा रहेर स्वतन्त्र लेख्न कसैले नरोक्ने सुनाए ।

डा. जीवनलाल बस्यालले लेखकमा निबन्ध लेख्ने क्षमता रहेको र अबका दिनमा निबन्ध लेखनमै लाग्न आग्रह गरे । ¥यान्डम रिडर्स सोसाइटी नेपालको आयोजनामा उक्त कार्यक्रम रिडर्स कर्नरमा परिचर्चा कार्यक्रम गरिएको हो ।

प्रकाशित मिति २०८२ वैशाख २७ गते शनिबार ०५:२४
हजुरको प्रतिक्रिया