२०८३ साउन २१ गते बिहीबार

उत्तरी गोरखामा बूढीगण्डकी जलविद्युत आयोजनाको मुआव्जा वितरण सुरु

उत्तरी गोरखामा बूढीगण्डकी जलविद्युत आयोजनाको मुआव्जा वितरण सुरु

विराज त्रिपाठी

@Public 4K Tv

२०८२ जेठ ३ गते शुक्रबार ०३:१३

गोरखा । उत्तरी गोरखास्थित चुमनुब्री र धार्चे गाउँपालिकाको सीमा क्षेत्रमा निर्माणाधीन बूढीगण्डकी जलविद्युत आयोजनाले प्रभावित क्षेत्रका स्थानीयलाई मुआव्जा वितरण सुरु गरेको छ। ३४१ मेगावाट क्षमताको यो आयोजना अन्तर्गत सल्लेरी...

गोरखा ।

उत्तरी गोरखास्थित चुमनुब्री र धार्चे गाउँपालिकाको सीमा क्षेत्रमा निर्माणाधीन बूढीगण्डकी जलविद्युत आयोजनाले प्रभावित क्षेत्रका स्थानीयलाई मुआव्जा वितरण सुरु गरेको छ।

३४१ मेगावाट क्षमताको यो आयोजना अन्तर्गत सल्लेरी क्षेत्रमा पर्ने जग्गाका लागि मुआव्जा वितरण कार्य बिहीबारदेखि सुरु गरिएको आयोजनाका प्रबन्ध निर्देशक हिम पाठकले जानकारी दिए। आयोजनाबाट विस्थापित हुने सल्लेरी बस्तीका २६ घरधुरीलाई मुआव्जा प्रदान गरिनेछ।

गत चैत २९ गते सरोकारवालाहरुको भेलाबाट मुआव्जाको दर सर्वसम्मतिमा निर्धारण गरिएको थियो। सहमति अनुसार सल्लेरी क्षेत्रका लागि प्रतिआना ३ लाख रुपैयाँ दरले मुआव्जा निर्धारण गरिएको छ। त्यस्तै, चार आनाभन्दा कम जग्गा भएका परिवारलाई विशेषरुपमा प्रतिआना ४ लाखका दरले क्षतिपूर्ति दिने निर्णय भएको छ। सल्लेरीबाहिरका जग्गाको दर भने प्रतिआना डेढ लाख निर्धारण गरिएको छ।

पाठकका अनुसार अबको २ देखि ४ दिनभित्र मुआव्जा वितरण र जग्गा पासको प्रक्रिया पूरा हुनेछ। आयोजनाको बाँध निर्माणले सल्लेरी क्षेत्र पूर्णरूपमा डुबानमा पर्ने भएकाले त्यहाँका बासिन्दा विस्थापित हुनेछन्।

साहस उर्जाले प्रवद्र्धन गरेको अर्धजलाशययुक्त (पिकिङ रन अफ रिभर) प्रणालीमा आधारित यो आयोजना हालसम्म निजी क्षेत्रबाट निर्माण भइरहेका आयोजना मध्येको सबैभन्दा ठूलो हो। आयोजनाले सल्लेरीमा बाँध निर्माण गरी ६.८ किलोमिटर लामो भूमिगत सुरुङमार्फत धार्चे गाउँपालिका–३, तातोपानीमा रहेको पावर हाउसमा विद्युत उत्पादन गर्ने योजना रहेको छ।

उत्पादित विद्युत ४५ किलोमिटर लामो प्रसारण लाइनमार्फत नुवाँकोटको रातामाटे सवस्टेशनमा पु¥याएर केन्द्रीय प्रशारण प्रणालीमा जोडिनेछ। कुल ७० अर्ब रुपैयाँको लागतमा निर्माण भइरहेको यस आयोजनाका लागि ५२ अर्ब ५० करोड रुपैयाँ बैंक कर्जाबाट जुटाइएको छ भने साहस उर्जाको १७ अर्ब ५० करोड ९५१ प्रतिशत० स्वपुँजी लगानी रहेको छ।

कम्पनीले २०८७ सालको पुस १५ गतेभित्र विद्युत उत्पादन सुरु गर्ने लक्ष्य लिएको प्रबन्ध निर्देशक पाठकले जानकारी दिए।

प्रकाशित मिति २०८२ जेठ ३ गते शुक्रबार ०३:१३
हजुरको प्रतिक्रिया