मोबाइलका कारण बालबालिकाको सिर्जनशिलतामा कमि आएको अभिभावकहरुको गुनासो
पोखरा ।
पोखराको बाटुलेचौरस्थित पोखरा एकेडेमी स्कुलमा अभिभावक भेला सम्पन्न भएको छ ।
नयाँ शैक्षिक सत्रलाई केन्द्रित गरी जुनियर कक्षामा अध्ययन गर्ने विद्यार्थीका अभिभावकसँग भएको अन्तक्र्रियामा विद्यालयले गुणस्तरीय शिक्षाको लागि यस शैक्षिक सत्रमा तय गरेका योजनाको जानकारी गराएको छ ।
सो अवसरमा अभिभावकबाट प्राप्त सुझावलाई समेत योजनामा समेटेर कार्यान्वयन गरिने जुनियर सेक्सन ईन्चार्ज मोहन थापाले जानकारी दिए ।

भेलामा विद्यालयका प्रिन्सिपल महेन्द्र गुरुङले विद्यार्थीको शैक्षिक गुणस्तर सुधारका लागि अभिभावकसँगको निरन्तर समवन्य आवश्यक रहेको बताउँदै, पारिवारिक वातावरण पनि वालवालिका केन्द्रित हुनुपर्नेमा जोड दिए ।
उनले विद्यालय शिक्षा गुणस्तरीय बनाउन कुनै कसर बाँकी नराख्ने स्पष्ट पार्दै, भेलाबाट आएका उपयुक्त सुझावलाई तत्काल कार्यन्वयन गरिने उल्लेख गरे ।
जुनियर ईन्चार्ज मोहन थापाले पाठ्यक्रममा आधारित क्रियाकलापलाई जोड दिदैं, विद्यार्थीका रूची अनुसारका शैक्षिक गतिविधि संचालन गरिने बताए ।
एकेडेमीक डिन नन्दा गुरुङले शैक्षिक तालिका र असल अभ्यासका विषयमा जानकारी दिदैं, अभिभावकसँगको नियमित छलफलले थप सुधार गर्न सहयोग मिल्ने बताईन् ।
भेलामा अधिकांश अभिभावकले मोबाइलका कारण बालबालिकाको सिर्जनशिलतामा कमि आएको गुनासो गरेका थिए ।
उनीहरूले विद्यार्थीमा लागेको मोवाइलको लत छुटाउने प्रयास थाल्न विद्यालयलाई आग्रह समेत गरेका छन् ।





