लमजुङ
राजशान्ती फाउण्डेशनले सुन्दरबजार नगरपालिका भित्रका विभिन्न विद्यालयमा पोशाक तथा शैक्षिक सामग्री सहयोग हस्तान्तरण गरेको छ ।
फाउण्डेशनले सुन्दरबजार–९ स्थित भविश्य निर्माण माध्यमिक विद्यालय पहिरेलाई ५५ थान ट्रयाकसुट हस्तान्तरण गरेको छ ।
सोही कार्यक्रममा विद्यालयमा पचास हजार एक सय रुपैयाँको अक्षयकोष स्थापना गरिदिएको बिध्यालयका प्रधानाध्यापक मायानाथ अधिकारीले जानकारी दिए । साथै, फाउण्डेशनले गत शैक्षिक सत्रमा उत्कृष्ट अंक ल्याउने एक छात्र र एक छात्रालाई प्रत्येकलाई पाँच हजार एक सय रुपैयाँको पुरस्कार प्रदान गरेको समेत फाउण्डेशनका सचिब समिप सुनारले जानकारी दिए ।
त्यस्तै, सुन्दरबजार–४ पुरानाडिहीस्थित गाउँफर्क प्राथमिक विद्यालय दुराडाँडामा अध्ययनरत विद्यार्थीहरूलाई २५ थान ट्रयाकसुट फाउण्डेशनले वितरण गरेको र २५ थान जुत्ता–मोजा छिट्टै सहयोग गर्ने घोषणा गरेको बिध्यालयका प्रधानाध्यापक रामु खनियाले जानकरी दिए ।
फाउण्डेशनले सुन्दरबजार–६ शितलचौतारीस्थित आदर्श प्राथमिक विद्यालयलाई २५ थान ट्रयाकसुट उपलब्ध गराएको बिध्यालयका प्रधानाध्यापक शोभा ढुङ्गानाले जानकारी दिईन्। ।
राजशान्ती फाउण्डेशनले स्थानीय स्तरमा शिक्षा तथा बालबालिकाको सर्वांगीण विकासमा निरन्तर योगदान दिँदै आएको छ।यसको साथै फाउण्डेशनले मानविय सेवा, समाज सेवा र गित संगितको क्षेत्रमा समेत बिभिन्न कामहरु गर्दै आएको छ ।
प्रकाशित मिति २०८२ जेठ ८ गते बुधबार ०३:५३




