२०८३ असोज २६ गते सोमबार

पोखरामा शुक्रबारदेखि युवा संघको महाधिवेशन हुँदै

पोखरामा शुक्रबारदेखि युवा संघको महाधिवेशन हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ ९ गते बिहीबार ०५:५५

पोखरा । नेकपा (एमाले)निकट युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि पोखरामा सुरू हुँदैछ । महाधिवेशनको पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मध्यान्ह १२ः१५ बजे उद्घाटन गर्ने कार्यक्रम छ । ...

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने

पोखरा ।

नेकपा (एमाले)निकट युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि पोखरामा सुरू हुँदैछ ।

महाधिवेशनको पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मध्यान्ह १२ः१५ बजे उद्घाटन गर्ने कार्यक्रम छ ।  ओली बिहान ११ः३० बजे पोखरा आइपुग्ने युवा संघले जनाएकाे छ ।

प्रधानमन्त्री ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङपनि शुक्रबार नै पोखरा आउने एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए।

जनसंगठन समन्वय संयन्त्र प्रमुखसमेत रहेका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल भने पोखरा आइसकेका छन् ।

महाधिवेशनको बन्द सत्र पोखरा सभागृहमा हुने युवा संघ नेपाल कास्की सचिव हिमाल गुरुङले बताए । महाधिवेशनबाट अध्यक्ष, २ जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र ४ जना सचिवसहित १ सय ५१ सदस्यीय कमिटी निर्वाचित हुनेछन् ।

महाधिवेशनबाट अध्यक्षसहित सिंगो कमिटी सर्वसम्मत चयन गर्ने तयारी छ । महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि पोखरा आउने क्रम जारी छ । जेठ ११ सम्म चल्ने महाधिवेशनका लागि देशभरबाट करिब २ हजार प्रतिनिधि रहेकाे दावी संघले दावी गरेकाे छ ।

प्रकाशित मिति २०८२ जेठ ९ गते बिहीबार ०५:५५
हजुरको प्रतिक्रिया